हामीसँग जोडिनुहोस

सातदोबाटोमा आयोजना हुने ए डिभिजन लिगको खेल तालिका आज सार्वजनिक हुँदै

1 मिनेट

काठमाडौं

सहिद स्मारक ए डिभिजन लिगको खेल तालिका आज सार्वजनिक हुँदैछ। अखिल नेपाल फुटबल संघ एन्फाले ए डिभिजन लिगको खेल तालिका आज सार्वजनिक गर्न लागेको हो। एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजना हुने टाइसिट ड्र कार्यक्रम दिउँसो ३ बजे सुरु हुनेछ।

यस अघि माघ २ गते खेल तालिका सार्वजनिक गर्ने तय थियो। तर, पोखरामा आइतबार भएको यति एयरलाइन्सको विमान दुर्घटनापछि सरकारले सोमबार शोक दिा दिएको कारण एन्फाले खेल तालिका सार्वजनिक कार्यक्रम स्थगित गरेको थियो। ए डिभिजनको लिग फागुन १९ गतेबाट सुरु हुनेछ। लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ। यस पटकको लिग विजेताले ७५ लाख , दोस्रो हुनेले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन्।​

फेयर प्ले अवार्डको नगद पुरस्कार वृद्धि गर्दै ३ लाख बनाइएको छ। मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउने छन्।प्रत्येक खेलको विजेता क्लबले म्याच मनीवापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछ। बराबरी भएका दुई क्लबबीच रकम बराबर बाँडिनेछ। हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन्।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।