हामीसँग जोडिनुहोस

राष्ट्रपति भण्डारीले भन्नुभयो : ‘आज मलाई माइती आए जस्तै लागेको छ’

1 मिनेट

भक्तपुर, ७ माघ : राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।

भक्तपुरको कमलविनायकस्थित बिजुक्छेँ निवास पुग्नु भएको राष्ट्रपति भण्डारीले बिजुक्छेँसंगको भेटमा खुसी व्यक्त गर्दै भन्नुभयो, “मलाई आज माइती आएजस्तै लागेको छ, म धेरै खुसी भएको छु ।” उहाँले क्यान्सर रोगका कारण निधन हुनु भएको बिजुक्छेँ पत्नी शोभा बिजुक्छेँको निधनप्रति दुःख व्यक्त गर्दै समवेदना प्रकट गर्नु भयो ।

भेटमा बिजुक्छेँले मानिसको जीवनलाई चाहिने अत्यावश्यक औषधि अभावमा मृत्यु हुन नपरोस भनेर राज्यले गम्भिर भएर लाग्नु पर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, “औषधि जस्तो अति संवेदनशिल बस्तुको व्यबस्था राज्यले गर्नु पर्छ, औषधिको अभाव भएर मृत्यु हुने अबस्था देशमा अन्त्य हुनु पर्छ, सरकारले अत्यावश्यक औषधि देशमै उत्पादन गर्नु पर्यो, देशलायृ चाहिने औषधि उत्पादन गर्न सक्ने र अत्यावश्यक औषधिको व्यबस्था गर्न सक्ने गरि औषधि व्यबस्था विभागले काम गर्नु पर्यो ।”

विदेशमा सहज रुपमा पाइने क्यान्सरको औषधि नेपालमा ल्याउन समेत नसक्दा र औषधि अभावमै बिजुक्छेँ पत्नी शोभाको उपचारमा समस्या आएर ज्यान गएको स्मरण गर्नुभयो । बिजुक्छेँले मासिनको लागि औषधि र कृषिको लागि रासायनिक मल उत्पादन आफ्नै देशले गर्नु पर्ने बताउदै मल उत्पादन नहुँदा कृषिमा देश पछाडि परेको बताउनु भयो ।

उहाँले भक्तपुरको शिक्षाको अबस्था, कृषिको अबस्था, स्वास्थ्यको अबस्था र ऐतिहासिक सम्पदाको संरक्षणको अबस्थाकाबारेमा राष्ट्रपतिलाई जानकारी गराउनु भएको थियो ।

भेटमा राष्ट्रपति भण्डारीले स्वास्थ्य र शिक्षाको विषयमा आफूले पनि सरोकार र चासो राखिरहेको बताउदै शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणको क्षेत्रमा भक्तपुरले गरेको काम देखेर खुसी लागेको बताउनु भयो ।

पौने एक घण्टा बिजुक्छेँ निवासमा भएको शिष्टाचार भेटमा शिक्षा, स्वास्थ्य, कृषि र समपदा संरक्षणकोबारेमा कुृराकानी भएको भेटमा सहभागि नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले जानकारी दिनुभयो ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।