हामीसँग जोडिनुहोस

संसद् भवन अगाडि इलामका एक युवाद्वारा आत्मदाह प्रयास

1 मिनेट

काठमाडौं,माघ १० ।

संसद् भवनअगाडि एक युवकले आत्मदाह प्रयास गरेका छन्। मंगलबार प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक चलिरहेका वेला नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि एक युवकले आत्मदाहका प्रयास गरेका हुन्।

आत्मदाह प्रयास गर्ने युवा इलामका प्रेमप्रसाद आचार्य भएको खुलेको छ। उनलाई प्रहरीले उद्धार गरेर उपचारका लागि बर्न अस्पताल कीर्तिपुर पठाएको छ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद् बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले आफूलाई पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन्।आत्मदाह गर्ने प्रयास गरेका पुरुषले व्यक्तिगत र पारिवारिक कारणले घटना गराएको प्रहरीले प्रारम्भीक निस्कर्ष निकालेको छ ।

बानेश्वरको सडकमा आज इलाम पञ्चकन्याका प्रेमप्रसाद आचार्यले पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका थिए ।उनको अवस्था गम्भीर छ । उनलाई प्रहरीले उद्धार गरेर बर्न अस्पताल कीर्तिपुर अस्पताल लगिएको छ । उच्च प्रहरी स्रोतका अनुसार घाइते आचार्यका दाई पर्ने एकजना संसद् सचिवालयमै कार्यरत छन् ।

उनी नातामा आचार्यका मामाका छोरा हुन् । उनीसँगै जोडिएर घटना भएको हुनसक्ने प्रहरी अनुमान छ । आचार्य नयाँ बानेश्वरमै बस्दै आएका थिए भने केही समयअघि वैदेशिक रोजगारीबाट फर्किएका थिए ।

 

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।