हामीसँग जोडिनुहोस

तुर्कियेका दुई प्रान्तमा भीषण वर्षापछि आएको बाढीका कारण १४ जनाको मृत्यु

1 मिनेट

एजेन्सी, २ चैत ।

तुर्कियेका दुई प्रान्तमा भीषण वर्षापछि आएको बाढीका कारण १४ जनाको मृत्यु भएको छ भने हजारौं व्यक्ति घरबारविहीन भएका छन्।

बाढीका कारण १२ जनाको मृत्यु भएको र छिमेकी अदियामन प्रान्तमा दुईजनाको मृत्यु भएको छ।

स्थानीय टेलिभिजनले अदियामनमा भूकम्पबाट बचेका परिवारले आश्रय लिएका शिविरमा बाढी आउँदा पीडितहरू डुबेको बताएका छन्। छिमेकी सानलिउरफा प्रान्तका गभर्नर सालिह अहानले स्थानीय टेलिभिजनलाई आफ्नो क्षेत्रमा बाढीमा परेर चारजनाको मृत्यु भएको छ।

त्यसको केही समयपछि उद्धारकर्ताहरूले पाँच सिरियालीको शव सानलिउरफामा एउटा अपार्टमेन्टमा र दुई अन्य शव गाडीभित्र फेला पारेका छन्।

सानलिउरफा टेलिभिजनले देखाएको भिडियोमा बाढीले भरिएको सडक र कार पानीमा तैरिरहेको देखाइएको छ।स्थानीय सञ्चारमाध्यमले धेरैलाई जलमग्न शिविरबाट बाहिर निकालिएको जानकारी दिएका छन्। भूकम्प पीडितहरूले यी शिविरमा आश्रय लिएका थिए। बाढी पसेपछि विरामीलाई अस्पतालबाट बाहिर निकालिएको छ।

तुर्कियेको प्रकोप व्यवस्थापन निकायले प्रत्येक दुई प्रान्तमा एक दर्जनभन्दा बढी गोताखोर उद्धार कार्यमा संलग्न रहेको बताएको छ। गत महिना यी दुवै प्रदेशमा भूकम्पले धेरैको ज्यान लिनुका साथै हजारौं मानिस घरबारविहीन भएका थिए।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।