हामीसँग जोडिनुहोस

बागमती सरकारले विश्वकप छनोटमा पुग्न सफल क्रिकेट टोलीलाई जनही १ लाख दिने

1 मिनेट

३ चैत, हेटौंडा ।

बाग्मती प्रदेश सरकारले नेपाली क्रिकेट खेलाडीलाई जनही १ लाख रूपैयाँका दरले पुरस्कार दिने घोषणा गरेको छ । बाग्मती प्रदेश सरकारले आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई जनही १ लाख रूपैयाँका दरले पुरस्कार दिने घोषणा गरेको हो ।

क्रिकेटका माध्यमबाट इतिहास बनाउन सफल भएकोमा प्रोत्साहन स्वरुप रकम पुरस्कार दिन लागिएको प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी दिनुभयो।

क्रिकेट खेलाडीहरुले उत्कृष्ट खेलेका कारण देशको शिर उचाइमा पुर्याएकोमा प्रदेश सरकारले गौरव गरेको थपलियाले बताउनुभयो । विश्व क्रिकेट लिग टू मा नेपालले हिजो भएको खेलामा यूएईलाई हराएर विश्व कप क्रिकेटको क्वालिफायरमा पुगेको हो ।

 

 

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।