हामीसँग जोडिनुहोस

पाकिस्तानको कोहिस्तानमा घरमा आगलागी हुँदा १० जनाको मृत्यु

1 मिनेट

पाकिस्तान, ४ चैत । 
पाकिस्तानको तल्लो कोहिस्तानको पट्टन क्षेत्रमा एक घरमा आगलागी हुँदा एकै परिवारका १० जनाको मृत्यु भएको छ । सो दुर्घटनामा एक महिला, उनकी सासू, पाँच छोरी र तीन छोरासहित एकै परिवारका १० जनाको मृत्यु भएको हो।

कोहिस्तान जिल्ला जसलाई अबसिन कोहिस्तान वा सिन्धु कोहिस्तान पनि भनेर चिनिन्छ यो एउटा पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्त भित्रको एक प्रशासनिक जिल्ला हो । द न्युज इन्टरनेशनलका अनुसार शुक्रबार बिहान करिब ४ बजे मोहम्मद नवाबको थुप्रै कोठा भएको काठको घर र सो घरको छेउमा रहेको गोठबाट आगो सल्किएको बताइएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा पर्नेहरूमा मोहम्मद नवाबकी श्रीमती छब्बर बिबी, उनकी आमा जाहिदा बिबी र पाँच छोरी २० वर्षीया लिली नवाब, १८ वर्षीया समरियान बिबी, १६ वर्षीया समिना बिबी, १२ वर्षीया बिबी सानो, १९ वर्षीया अलिना बिबी र तीन छोरा छन् । त्यसैगरी आगलागीमा जलेर ५ वर्षीय मुनीर नवाब, ९ वर्षीय मुजिब नवाब र २ वर्षीय अजिज नवाबको मृत्यु भएको छ ।

घटनापछि आक्रोशित परिवारका सदस्य र स्थानीयवासीले समयमै घटनास्थल नपुगेको भन्दै उद्धारक निकाय ११२ लाई कारबाही गर्न माग गर्दै काराकोरम राजमार्ग घण्टौँसम्म अवरुद्ध गरेका थिए ।

कार्यवाहक मुख्यमन्त्री मुहम्मद आजम खानले सो घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । मुख्यमन्त्रीले घटनामा घाइते भएकाहरूलाई उपचारको उचित व्यवस्था गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।