हामीसँग जोडिनुहोस

दीपिका स्कुलद्धारा वृहत विज्ञान तथा संस्कृत प्रदर्शनीको आयोजना

1 मिनेट

काठमाडौ,२७ चैत ।

कोटेश्वरस्थित दीपिका स्कुलले वृहत विज्ञान तथा संस्कृत प्रदर्शनीको आयोजना गरेको छ। विद्यालयको वार्षिक क्यालेण्डर बमोजिम  चैत्र २५ गते शनिबार विद्यार्थीहरूले तयार गरेका विज्ञान तथा संस्कृति सम्बन्धी विभिन्न स्टलहरूको प्रदर्शन गरिएको थियो।

वार्षिक परीक्षा सकिए लगत्तै विद्यार्थीहरूले नेपाली संस्कृति झल्कने विभिन्न स्टलहरूको तयारी गरेका थिए। टपरी दुना बनाउने, बत्ती काट्ने, अचार बनाउने, मकै भुट्ने लगायतका जीवनसँग सम्बन्धित सीपहरूका साथै पुरात्विक महत्वका हलो, कुटो, कोदालो, हसियाहरूको प्रदर्शनी गरी विद्यार्थीहरूलाई पुरानो नेपाली संस्कृति र मौलिकतासँग सम्बन्धित विषयमा साक्षतकार गराइएको थियो।

विज्ञान प्रदर्शनीमा भने विद्यार्थीहरूले विज्ञान तथा प्रविधिसँग सम्बन्धित विभिन्न आविष्कारहरूको मोडल तयार गरेका थिए।

उक्त अवसरमा विद्यार्थी, उनीहरूका अभिभावक र कोटेश्वरवासीहरूलाई लक्षित गरी निस्शुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरिएको थियो। हेम्स अस्पताल काठमाडौंका वरिष्ठ हर्मोन रोग विशेषज्ञ डा। विनय भट्टराई, पाटन अस्पतालका वरिष्ठ बाल रोग विशेषज्ञ डा अर्चना नेपाल तथा ओम चाबहिल डेन्टल अस्पतालका डा। निशा खड्काको टिमले विद्यालय प्राङ्गणमा निस्शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो।

कार्यक्रमका बारेमा बोल्दै विद्यालयका प्रिन्सिपल अञ्जन चालिसेले विद्यार्थीहरूको सर्वाङ्गिण विकासका लागि र उनीहरूलाई संस्कारयुक्त शिक्षा प्रदान गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो।

विद्यालयले नया शैक्षिक सत्र २०८० का लागि कक्षा नर्सरीदेखी १० सम्म भर्ना समेत खुलाएको  छ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।