हामीसँग जोडिनुहोस

उत्तर कोरियाको अर्को ब्यालेस्टिक मिसाइल प्रहार

1 मिनेट

 चैत ३०, काठमाडौँ ।

अमेरिका र दक्षिण कोरियासँगको तनावका बीच उत्तर कोरियाले बिहीबार बिहान फेरि ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ ।

दक्षिण कोरियाली सेनाका अनुसार उत्तर कोरियाले उक्साहटको रूपमा जापानको सागरतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ । यसपछि जापान सरकारले नागरिकका लागि अलर्ट जारी गरेको छ ।

जापानले पनि उत्तर कोरियाले मिसाइल छोडेको पुष्टि गरेको छ । जापानी सरकारले होक्काइडो टापुका बासिन्दाहरूलाई तुरुन्तै खाली गर्न र भवन वा भूमिगत शरण लिन आग्रह गरेको छ । मिसाइल स्थानीय समय अनुसार बिहान ८स्०० बजे अवतरण हुने अपेक्षा गरिएको थियो ।

चेतावनी अनुसार स्थानीय समय अनुसार बिहान ८ बजे मिसाइल अवतरण हुने अपेक्षा गरिएको थियो । यद्यपि, होक्काइडोका स्थानीय अधिकारीहरूले पछि क्षेप्यास्त्रले टापुमा हान्ने कुनै सम्भावना नभएको बताए ।

उत्तर कोरियाले यस वर्षको सुरुदेखि लगातार हतियार परीक्षण गरिरहेको छ । उसले आणविक क्षमताको अन्डरवाटर ड्रोन र दुई अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइलको परीक्षण गरेको छ ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।