हामीसँग जोडिनुहोस

नेपाल भ्रमणका लागि १ सय ८१ जना चिनियाँ पर्यटक काठमाण्डौमा

1 मिनेट

काठमाण्डौ, चैत ३० ।

नेपाल भ्रमणका लागि १ सय ८१ जना चिनियाँ पर्यटकहरु काठमाण्डौमा आइपुगेका छन् । नेपालीहरुको नयाँ वर्षको पूर्वसन्धामा बिहीवार आज १ सय ८१ जनाको चिनियाँ पर्यटकको समूह विमान चार्टर्ड गरेर काठमाण्डौ आइपुगेका हुन् । चिनियाँ पर्यटकहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, नेपालका लागि चिनियाँ राजदूत छेन् सङ लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गर्नु भएको हो ।

हिमालय एअरलाइन्सको विमान चार्टर्ड गरेर १ सय ८१ जना चिनियाँ पर्यटकहरु नेपाल भ्रमणमा आएका हुन् । उनीहरुको करिब ७ देखि १० दिन नेपालमा विभिन्न पर्यटकीय गन्तव्यहरुमा घुम्नेछन् । मन्त्री सुदन किरातीले सञ्चारकर्मीहरुसँग नेपालको पर्यटन क्षेत्रमा चिनियाँ पर्यटक आउने ढोका खुलेको बताउनु भयो । उहाँले कोरोना महामारीको कारण लामो समय नेपालमा समूहमा घुम्न प्रतिबन्ध खुला हुनुले नेपाल र चीनसँगको सम्बन्ध विस्तार भएको बताउनु भयो । उहाँले नेपालको पर्यटन क्षेत्रको विकासको लागि चीनको योगदानको प्रारम्भ भएको पनि उल्लेख गर्नुभयो।

त्यस्तै, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा।धनञ्जय रेग्मीले नेपालको पर्यटन क्षेत्रमा चिनियाँ पर्यटकहरुको महत्त्वपूर्ण भूमिका रहेको बताउनु भयो । उहाँले लामो समयपछि चीन सरकारले समूहमा नेपाल घुम्न अनुमति पछिको नेपाल भ्रमणमा पहिलो १ सय ८१ जना नागरिकको चिनियाँ टोली आउनु स्वागतयोग्य रहेको बताउनु भयो । उहाँले पहिलो समूहमा १ सय ८१ जना आएको र अब लगातार रुपमा ७ सय जना चिनियाँ पर्यटक आउने बताउनु भयो । उहाँले २०१९ मा १ लाख ६५ हजार नेपालमा चिनियाँ पर्यटक आएको बताउनु भयो । उहाँले चिनियाँ राष्ट्रपतिले भिजिट २०२० मा चीनबाट ५ लाख पर्यटक पठाउने भने पनि कोरोनाका कारण सफल हुन नसकेको बताउनु भयो ।

कोरोना महामारीपछि चीन सरकारले मार्च १० बाट नेपाललाई गन्तव्यका सूचीमा राखेको थियो । नेपाल गन्तव्य देशमा परेपश्चात चार्टर्ड उडानमार्फत् नेपाल आउने पहिलो समूह रहेको छ । उनीहरुलाई नेपाल विग माउण्टेन ट्राभलमार्फत् आएका हुन् ।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।