हामीसँग जोडिनुहोस

कांग्रेसका केन्द्रीय सदस्य एनी साउद परराष्ट्रमन्त्री बन्ने

0 मिनेट

बैशाख २, काठमाण्डौ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनी साउद परराष्ट्रमन्त्री बन्ने भएका छन् । उनले भोलि शपथ लिने तय भएको छ ।
सत्ता गठबन्धनमा भएको भागवण्डामा कांग्रेसले ८ मन्त्रालय पाएको थियो । तर आन्तरिक भागवण्डा नमिलेका कारण १७ चैतको मन्त्रिपरिषद् विस्तारमा कांग्रेसले चार जना मात्र मन्त्री पठाएको थियो । थप एउटा मन्त्रालय लिएर भागवण्डा मिलाउने प्रयास भइरहेपनि कांग्रेसले बाँकी मन्त्रीको नाम एकै पटक पठाउन भने सकेन ।

स्रोतका अनुसार उपचुनावअघि साउद परराष्ट्रमन्त्री बन्ने छन् । उनको शपथ भोलि दिउँसो ३ बजेका लागि तय भएको छ ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।