हामीसँग जोडिनुहोस

नवनियुक्त परराष्ट्रमन्त्री साउदद्वारा शपथ ग्रहण

1 मिनेट

काठमाण्डौ, बैशाख ३ ।

नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । आज आइतवार दिउँसो राष्ट्रपति कार्यालय शीतल निवासमा उहाँले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ ग्रहण गर्नुभएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सांसद साउदलाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्नुभएको हो । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएका उहाँ नेपाल विद्यार्थी सङ्घ ९नेविसङ्घ० को पूर्वअध्यक्ष एव‌म् पूर्वमन्त्री पनि हुनुहुन्छ ।

यसैबीच नवनियुक्त परराष्ट्रमन्त्री साउदले शपथ ग्रहण गरेलगत्तै सिंहदरबार पुगेर पदबहाली गर्नुभएको छ । पदबहालीपछि पत्रकारसँग कुरा गर्दै मन्त्री साउदले सबै छिमेकीहरूसँग सौहार्दपूर्ण र शान्तिपूर्ण सम्बन्धलाई कायम राख्ने बताउनुभयो । नेपाललाई शान्तिप्रिय लोकतान्त्रिक देशको रूपमा विश्वसामु चिनाउने उद्देश्यतर्फ लक्षित रहेर काम गर्ने भन्दै उहाँले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी सुरु गरिहाल्ने पनि बताउनुभयो ।

सत्ता गठबन्धनमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणकै तयारीका लागि परराष्ट्रमन्त्री नियुक्त गरिहाल्ने सहमति भएअनुसार साउदले आज शपथ लिनुभएको हो । प्रधानमन्त्री प्रचण्डले वैशाख दोस्रो हप्तासम्ममा भारत भ्रमण गर्ने तयारी गर्नुभएको छ ।

यसैगरी प्रधानमन्त्री प्रचण्डले चन्दा चपाईंलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको राज्यमन्त्री पदमा नियुक्त गर्नुभएको छ । चपाईंले पनि आजै राष्ट्रपति कार्यालयमा शपथ ग्रहण गर्नुभएको छ ।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।