हामीसँग जोडिनुहोस

प्रचण्ड,देउवा र ओलीबीच आज छलफल हुने

1 मिनेट

काठमाडौं,४ वैशाख ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज छलफल हुने भएको छ।

संसदमा विधेयक अगाडि बढाउनेबारे आज बिहान ९ बजे उनीहरुबीच ओली निवा बालकोटमा छलफल हुने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।स्वास्थ्यमा समस्या देखिएपछि घरमै आराम गरिरहेका ओलीलाई बालकोट पुगेर ओलीको स्वास्थ्य लाभको कामना गर्ने र संसदमा विधेयक अगाडि बढाउन समझदारीको लागि छलफल गर्ने कार्यसूची रहेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफैलै आह्वान बालकोटमा आइतबारका लागि बोलाएको बैठकमा गएका थिएनन्। प्रचण्ड नगएपछि एमाले असन्तुष्ट बनेको छ।

विगत केही दिनदेखि संबैधानिक परिषद् सम्बन्धि विधेयक र सत्यनिरूपण तथा मेलमिलाप र वेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धि विधेयकलाई अगाडि बढाउन शीर्ष नेताबीच छलफल भइरहेको छ। उनीहरुबीच बैशाख १ मा छलफल हुने भनिए पनि थप छलफल भएको छैन।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।