हामीसँग जोडिनुहोस

रुसी राष्ट्रपति पुटिन र चीनका रक्षामन्त्री शाङ्गफुबीच भेटवार्ता

0 मिनेट

बैशाख ४,  एजेन्सी।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका रक्षा मन्त्री जनरल ली शाङ्गफुबीच भेटवार्ता भएको छ ।

रुसको राजधानी मस्कोमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध र सैन्य सहयोगको विषयमा छलफल भएको रोयटर्सले जनाएको छ ।भेटमा पुटिनले सैन्य सहयोग र सूचना आदानप्रदान गर्ने बताउनु भएको छ । चीनले भने रुस र युक्रेनबीच युद्ध हुनुमा अमेरिका र नेटो जिम्मेवार रहेको जनाएको खबरमा उल्लेख छ ।

यस्तै, चीनले रुसलाई हतियार सहयोग नगर्ने पनि बताउनु भएको छ । केही समयअघि पनि रुसी राष्ट्रपति पुटिनले चिनियाँ समकक्षी सी जिनपिङसँग भेटवार्ता गर्नु भएको थियो ।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।