काठमाडौं, बैशाख ५
काठमाडौंमा उर्जा सम्मेलन सुरु हुँदैछ। ‘हरित ऊर्जाको बजार विस्तारीकरण’ भन्ने नाराका साथ हुन लागेको आठौं ऊर्जा सम्मेलनप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गर्ने कार्यक्रम छ।
होटल हायतमा हुने सम्मेलन भोलिसम्म चल्ने आयोजक स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल ९इपान० ले जनाएको छ। सम्मेलनमा भारत, बंगलादेश, भुटान, श्रीलंका लगायत ३० भन्दा बढी देशका ३०० अन्तर्राष्ट्रिय प्रतिनिधिहरु सहभागी हुने छ।
म्मेलनमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उच्च अधिकारी, पावर ट्रेडिङ कम्पनी, विद्युत् उत्पादक, वित्तीय संस्था, प्रसारण तथा वितरण कम्पनी, परामर्शदाता कम्पनीलगायत ऊर्जा क्षेत्रका सरोकारवाला पनि सहभागी हुने छन्।
सम्मेलनमा नेपाली जलविद्युत् आयोजना र भारतीय क्रेताबीच प्रत्यक्ष विद्युत् खरिद सम्झौता ९पीपीए०, नवीकरणीय ऊर्जा विकास र बजार विस्तारका लागि एमओयूमा हस्ताक्षर गर्ने कार्यक्रम पनि रहेको आयोजक इपानले जनाएको छ।
सम्मेलनमा विद्युतको लागत कसरी घटाउन सकिन्छ भन्ने विषयमा विभिन्न देशको अनुभव आदान–प्रदान हुनेछ।