हामीसँग जोडिनुहोस

नेपाल समाजवादी पार्टीले उपनिर्वाचनमा चितवन १ र तनहुँ २ मा कांग्रेसका उम्मदेवारलाई समर्थन गर्ने

1 मिनेट

काठमाडौँ, वैशाख ।

नेपाल समाजवादी पार्टीले यही वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन १ र तनहुँ २ मा नेपाली कांग्रेसका उम्मदेवारलाई समर्थन गर्ने भएको छ । बारा २ को सन्दर्भमा निर्णय गर्न भने नेसपाले प्रदेश कमिटीलाई जिम्मा दिने भएको छ ।मंगलबार केन्द्रीय कार्यालय तीनकुने, काठमाडौंमा बसेको नेसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

उपनिर्वाचनमा सहयोगका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले नेसपालाई पत्र पठाएपछि त्यसमाथि छलफल गरी सघाउने निर्णय गरेको हो ।

बारामा गठबन्धनभित्रैबाट दुई जना उम्मेदवार भएकाले प्रदेशले नै आवश्यक निर्णय गर्ने जसपाले जनाएको छ । बारामा गठबन्धनमा आबद्ध जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका शिवचन्द्र कुसवाहा चुनावी मैदानमा छन् । गठबन्धनले भने यादव आधिकारिक उम्मेदवार भएको जनाएको छ । उक्त क्षेत्रमा एमालेबाट पुरुषोत्तम पौडेल उम्मेदवार छन् ।

 

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।