हामीसँग जोडिनुहोस

तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले विजयी

0 मिनेट

तनहुँ, १२ बैशाख ।

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी भएका छन् ।

वाग्लेले ३४ हजार ९ सय १८ मत ल्याउँदा नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार १ सय २२ मत प्राप्त गरे । त्यस्तै तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ४ सय ८८ मत प्राप्त गरेका छन् । मुख्य निर्वाचन कार्यालयले औपचारिक रूपमा नतिजा सार्वजनिक गर्न भने बाँकी रहेको छ ।

मंसिर ४ मा सम्पन्न निर्वाचनमा विजयी उम्मेदवार पौडेल राष्ट्रपति निर्वाचित भएपछि तनहुँ९१ मा उपनिर्वाचन भएको हो ।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।