हामीसँग जोडिनुहोस

नगर प्रमुख वासुदेव थापाद्धारा राष्ट्रिय फुलकन्ट्याक्ट क्योकुशिन कराते प्रतियोगिता–२०८० को उद्घाटन

3 मिनेट

भक्तपुर, २ बैशाख । सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले आज दोश्रो मदन भण्डारी पुरुष तथा महिला राष्ट्रिय फुलकन्ट्याक्ट क्योकुशिन कराते प्रतियोगिता–२०८० को उद्घाटन गर्नु भएको छ ।

३० औ मदन स्मृति सन्दर्भमा मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा आजबाट भक्तपुरको ख्वप फुटसलमा सुरु भएको दुई दिने प्रतियोगिताको नगर प्रमुख थापाले मदन भण्डारीको तस्विरमा माल्यापर्ण गर्नु भएको थियो ।

प्रतियोगिताको उद्घाटन गर्दै उहाँले नगरपालिकाले खेलकुदका लागि बजेट विनियोजन गरेर समग्र खेलकुद क्षेत्रको बिकासमा टेवा पुर्याउदै आएको बताउनु भयो । उहाँले खेलकुदको क्षेत्रबाट नगरपालिकाको मात्र नभई राष्ट्रकै नाम र शान बढाउन सक्ने गरि दक्ष जनशक्तिको उत्पादन गर्ने गरि खेलकुदको बिकासका लागि विगतमा पनि नगरपालिकाले सहयोग गर्दै आएको र अहिले पनि नगरपालिकाले सहयोग गरिरहेको बताउनु भयो ।

नगरपालिकाका प्रत्येक वडा वडामा खेलकुदको बिकास गर्दै खेलाडी उत्सादन गर्ने, विद्यालय तहबाटै खेलकुदको विकास गर्ने अभियान थाल्नु पर्नेमा जोड दिदै उहाँले स्वथ्य जीवनका लागि पनि खेलकुद आवश्यक रहेको बताउनु भयो । खेलकुदको बिकासका लागि यस प्रकारको प्रतियोगितमा सहयोग गर्ने मात्रै नभई नगरपालिकाले आफ्नो नगर क्षेत्रका बिभिन्न स्थानमा फुटसलसमेतका निर्माण गरेको बताउनुभयो । उहाँले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा नगरपालिकाका उपप्रमुख सरिता भट्टराई तिमिल्सिनाले नगरपालिकाले खेलकुदको बिकासमा गर्दै आएको टेवालाई सफल बनाउन खेलप्रेमी नागरिक सक्रिय हुनु पर्नेमा जोड दिदै प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा एकेडेमीका केन्द्रीय अध्यक्ष ध्रुब आचार्यले एकेडेमीले खेल क्षेत्रको बिकासका लागि अभियान चालेको बताउदै प्रतियोगिताको सफलताको कामना व्यक्त गर्नुभयो ।

जिल्ला खेलकुद विकास समिति भक्तपुरका अध्यक्ष दीपक थापाले खेलकुदको विकासका क्षेत्रमा भक्तपुरले लामो फड्को मारेको बताउदै खेलकुद विकास समितिले पनि जिल्ला स्तरीयदेखि राष्ट्रियस्तरसम्मको खेलकुद प्रतियोगिताको आयोजना गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा एकेडेमीका कराते विभागका प्रमुख राजकुमार लामाले कराते खेलबाट देशले अन्तर्राष्ट्रियस्तरमा नाम कमाउन सफल भएको बताउदै नेपालको समग्र खेलमा एकेडेमी लागिरहेको चर्चा गर्नुभयो ।

एकेडेमी भक्तपुरका अध्यक्ष अनुप केसीले १४५ खेलाडी सहभागि प्रतियोगिता भोली ३ गते दिउँसो ४ बजे सम्पन्न हुने बताउदै प्रतियोगिता सफल पार्न सहयोग गर्ने सबै निकायलाई धन्यवाद व्यक्त गर्नुभयो ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद रु. ५० हजार, दोश्रो हुनेलाई २५ हजार, तेश्रो हुनेलाई १५ हजार र सान्त्वना हुनेलाई १० हजार नगद पुरस्कार, प्रमाण पत्र मेडल प्रदान गरिने एकेडेमीका केन्द्रीय सदस्य सुमित्रा थापाले जानकारी दिनुभयो ।

कार्यक्रममा नगरपालिकाका कार्यपालिका सदस्यहरु, बिभिन्न वडाका वडाध्यक्षहरु, जनप्रतिनिधिहरुलगायत खेलप्रेमीहरुको उपस्थिति रहेको थियो ।

-तस्विर सौजन्य :आशिष पौडेल

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।