हामीसँग जोडिनुहोस

३० औँ मदनआश्रित स्मृति दिवस आज मनाइँदै

1 मिनेट

काठमाण्डौ,जेठ ३ ।

आज ३० औँ मदन–आश्रित स्मृति दिवस मनाइँदै छ ।

२०५० साल जेठ ३ गते चितवनको दासढुंगामा जीप दुर्घटना परी नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी तथा सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो ।

रहस्यमय मानिने यो दुर्घटनाबारे अहिलेसम्म भएको छानबिनले कुनै तथ्य निकाल्न सकेका छैनन् ।दुर्घटनाका एकमात्र साक्षी तथा भण्डारी र आश्रित चढेको जिपका चालक अमर लामाकोसमेत हत्या भएपछि यो घटना झनै रहस्यमय बन्न पुगेको छ ।

कम्युनिष्टहरु नागरिकबाट चुनिएर मात्र सत्तामा पुग्नुपर्छ भन्ने मान्यता राख्ने भण्डारीले नागरिकको बहुदलीय जनवादको विकास गर्नुभएको थियो ।२००९ साल असार १४ गते ताप्लेजुङमा जन्मिएका भण्डारी जननेताका रुपमा चिनिनुहुन्छ ।

मदन–आश्रित स्मृति दिवसका अवसरमा आज एमाले र एमालेका भातृ संगठनहरुले विभिन्न कार्यक्रम गर्दै छन् ।

यस्तै, एमालेबाट अलग्गिएर बनेको एकिकृत समाजवादीले पनि मदन–आश्रित स्मृति दिवसका अवसरमा कार्यक्रम गर्दैछ ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।