हामीसँग जोडिनुहोस

मेक्सिकोमा यात्रा गर्ने क्रममा अपहरणमा परेका ४० आप्रवासीसहित ४२ जनाको उद्धार

1 मिनेट

जेठ ५, एजेन्सी ।
मेक्सिकोमा बसमा यात्रा गर्ने क्रममा यसै हप्ता अपहरणमा परेका ४० आप्रवासीसहित ४२ जनाको उद्धार गरिएको छ ।

उत्तरपूर्वी मेक्सिकोको एक राजमार्गमा यात्रा गरिरहेका ४० जना आप्रवासी र दुई जना चालक यसै हप्ता अपहरणमा परेका थिए । दक्षिणी मेक्सिकोबाट ग्वाटेमालाको सीमातर्फ लागेका त्यही समूहका अन्य नौ जनालाई भने अपहरणकै दिन उद्धार गरिएको एएफपीले जनाएको छ ।

राष्ट्रिय सुरक्षागार्डका सदस्यहरूले मङ्गलवार र बुधवार बाँकी ३३ जनालाई फेला पारेका राष्ट्रिय रक्षामन्त्री लुइस क्रेसेन्सियो स्यान्डोभालले बताउनुभएको छ ।

उत्तरपूर्वी राज्य नुएभो लियोनका अधिकारीहरूका अनुसार उद्धार गरिएका नौ जना भेनेजुएला र होन्डुरसका १८ देखि ३५ वर्ष उमेर समूहका नागरिक रहेका एएफपीले जनाएको छ। नेसनल कन्फेडेरेसन अफ मेक्सिकन ट्रान्सपोर्टका अनुसार अपहरित व्यक्तिसँग प्रतिव्यक्ति एक हजार ५०० अमेरिकी डलरका दरले फिरौतीको माग गरिएको थियो ।

आफ्नो देशमा हिंसा र गरिबी बढेपछि भागेका हजारौँ आप्रवासी अमेरिकी सीमा पार गर्ने क्रममा मेक्सिको पुग्ने गरेका र त्यहाँ आपराधिक गिरोहले अपहरण र शोषण गर्ने गरेका छन् ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।