हामीसँग जोडिनुहोस

नागरिक उन्मुक्तिको नेपाल बन्द घोषणा आजैबाट लागु हुने गरी फिर्ता

1 मिनेट

काठमाडौं,६ जेष्ठ  ।

नागरिक उन्मुक्ति पार्टीले आजबाट गर्ने भनिएको नेपाल बन्दको घोषणा फिर्ता लिएको छ । यस बिचमा लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने तथा फौजदारी बिद्येयक संसदमा टेबुल भएको भन्दै उन्मुक्तिले यसअघि घोषणा गरेको नेपाल बन्द फिर्ता लिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने तथा फैजदारी बिद्येयक संसदमा टेबुल भईसकेकाले राजबन्दीको रिहाई कानुन संसोधन गरेर निकाल्ने प्रतिबद्धता संसदमा जाहेर गरेको भन्दै सरकारसँगको सम्झौता सकारात्मक भएको महशुश गर्दै बन्दको घोषणा फिर्ता लिईएको बरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले जानकारी दिए ।

सो पार्टीका संस्थापक रेशम चौधरीलाई १४ बर्ष जेल सजाय दिने उच्च अदालतको फैसालालाई सर्वोच्च अदालतले पनि सदर गरे पछि आक्रोशित उन्मुक्तिले ६–९ जेठसम्म नेपाल बन्दको घोषणा गरेको थियो ।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।