हामीसँग जोडिनुहोस

विश्वका ४३ देशका एक अर्ब मानिस हैजाको जोखिममा

1 मिनेट

जेठ ६, एजेन्सीँ।

विश्वका ४३ देशका एक अर्ब मानिस हैजाको जोखिममा रहेको विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ०ले जनाएको छ । डब्लुएचओका अनुसार यस वर्ष अहिलेसम्म २४ देशमा हैजाको प्रकोप देखिएको छ । गएको वर्षको मे महिनामा मात्रै १५ देशमा हैजाको प्रकोप देखिएको थियो ।

सामान्यतया हैजाको प्रकोपबाट मुक्त रहेका भनिएका देशहरु पनि पछिल्लो समय यसबाट प्रभावित भइरहेका छन् र मृत्युदर एक सय भन्दा धेरै छ । गरिबी, द्वन्द्व, जलवायु परिवर्तन र त्यसले निम्त्याएको जनसङ्ख्या विस्थापनका कारण सङ्क्रमण बढेको डब्लुएचओका कार्यक्रम व्यवस्थापक हेनरी ग्रेले बताउनुभयो ।

हैजाबाट प्रभावित देशहरूको सङ्ख्या बढ्दै जाँदा, रोकथाम र प्रतिकार्यका लागि उपलब्ध स्रोतहरू कम छ । साथै खोप अभियान नराम्ररी प्रभावित भएको छ । हैजा सामान्यतया दूषित खाना वा पानीको माध्यमबाट सर्ने एक रोग हो ।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।