हामीसँग जोडिनुहोस

नेपाल एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपको सेमिफाइनलमा

1 मिनेट

जेठ ९, काठमाण्डौ ।

नेपाल एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपको सेमिफाइनलमा पुगेको छ ।

आज मङ्गलवार राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्ड हलमा भएको खेलमा बङ्गलादेशलाई ३–० को सोझो सेटले हराउँदै नेपाल अन्तिम चारमा पुगेको हो । नेपालले पहिलो सेट २५–१०, दोस्रो सेट २५–८ तेस्रो सेट २५– ९ ले जित्यो ।

नेपालले हिजो सोमवार किर्गिस्तानलाई हराएको थियो । नेपालसँगै समूह ुएु बाट भारत पनि अन्तिम चारमा पुगेको छ । भारतले हिजो बङ्गलादेशलाई र आज किर्गिस्तानलाई हराएको हो ।

आजै भएको दोस्रो खेलमा काजकिस्तानले श्रीलङ्कालाई ३–१ को सेटमा हराएको छ । काजकिस्तानले पनि आज लगातार दोस्रो खेल जितेर सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । आजै बेलुका साढे ६ बजे उज्वेकिस्तान र माल्दिभ्सबीच खेल हुनेछ ।प्रतियोगितामा नेपाल र भारत भोलि बुधवार खेल्नेछन् । भोलि जित्ने टोली समूह विजेता बन्नेछ ।

प्रतियोगितामा आठ टोली सहभागी छन् । समूह ुएु मा घरेलु टोली नेपालसहित भारत, बङ्गलादेश र किर्गिस्तान छन् । त्यस्तै समूह बी मा श्रीलङ्का, माल्दिभ्स, काजगिस्तान र उज्वेकिस्तान रहेका छन् ।

राउन्ड रोबिन लिगपछि शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिता आउँदो १४ गतेसम्म चल्नेछ ।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।