हामीसँग जोडिनुहोस

एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा आज नेपाल र भारत खेल्दै

1 मिनेट

जेठ १०, काठमाण्डौ ।

एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा आज नेपाल र भारत खेल्दैछन् ।

खेल दिउँसो ३ बजे राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ । आजको खेल जित्ने टोली समूह विजेता बन्नेछ ।समूह ‘ए’ मा रहेको घरेलु टोली नेपाल एक खेल बाँकी छँदै सेमिफाइनलमा पुगेको छ ।हिजो भएको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशलाई ३–० को सोझो सेटमा हराएको थियो ।

नेपालको जितले भारत पनि सेमिफाइनलमा पुगेको छ । नेपाल र भारतको समान ६ अङ्क छ ।पहिलो खेलमा नेपालले किर्गिस्तानलाई ३–० को सोझो सेटमा हराएको थियो । भारतले पनि किर्गिस्तान र बंगलादेशलाई हरायो ।किर्गिस्तान र बङगलादेश समूह चरणबाट बाहिरिएका छन् । किर्गिस्तान र बङगलादेशबीचको विजेता समूहमा तेस्रो हुनेछ ।

प्रतियोगितामा ८ टोली सहभागी छन् । समूह ‘ए’ मा घरेलु टोली नेपालसहित भारत बंगलादेश र किर्गिस्तान छन् ।त्यस्तै, समूह ‘बी’ मा श्रीलंका, माल्दिभ्स, काजगिस्तान र उज्वेकिस्तान रहेका छन्।राउन्ड रोविन लिगपछि शीर्ष २ टोली सेमिफाइनलमा पुग्ने छन् । प्रतियोगिता आउँदो १४ गतेसम्म चल्नेछ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।