हामीसँग जोडिनुहोस

ग्यास, बिजुली प्रयोगसम्बन्धी शिक्षा विद्यालयको पाठ्यक्रममै राख्न भण्डारीको माग

1 मिनेट

काठमाण्डौ,जेठ १०।

प्रतिनिधि सभाका सांसद चन्द्र भण्डारीले ग्यास तथा बिजुली प्रयोगसम्बन्धी शिक्षालाई विद्यालयको पाठ्यक्रममै राख्न माग गर्नुभएको छ ।

गएको फागुन ३ गते आफ्नै निवास बुद्धनगरमा ग्यास चुहिएर भएको आगोलागीमा घाइते भएका भण्डारी त्यसपछि आज बुधवार पहिलो पटक संसद् बैठकमा उपस्थित हुनुभएको हो । उहाँले भन्नुभयो, ‘बिजुली बाल्दा, ग्यास बाल्दा, बाटो काट्न सिकाउने कुरा त हाम्रो पाठ्यक्रममा हुनुपर्‍यो नि’, उहाँले भन्नुभयो, ‘विद्यार्थीले त जान्नुपर्‍यो नि ।’ उहाँले ग्यास उद्योगलाई स्वचालित रेगुलेटर राख्न लगाउनुपर्ने र यसबारे कानुन बनाउनुपर्नेसमेत बताउनुभयो ।

जलनमा परेर अघिल्लो वर्ष एक सय १० र यो वर्ष आफ्नो आमासहित एक सय ११ जनाको ज्यान गएको भन्दै सांसद भण्डारीले यसलाई गम्भीररूपमा लिनुपर्ने बताउनुभयो । उहाँले आफूलाई जलनबाट बचाउन भूमिका निर्वाह गर्ने नेपाल सरकार, सांसद, उपचारमा संलग्न चिकित्सक, शुभचिन्तक सबैप्रति आभार पनि व्यक्त गर्नुभयो ।

भण्डारीकी आमा हरिकला भण्डारीको गएको फागुन ४ गते निधन भएको थियो । भण्डारीलाई फागुन ४ गते नै थप उपचारका लागि भारत लगिएको थियो । भारतको मुम्बईमा रहेको नेशनल बर्न सेन्टरमा उपचार गराएका भण्डारी गएको वैशाख १७ गते स्वदेश फर्कनुभएको हो ।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।