हामीसँग जोडिनुहोस

अनशनरत बिनु यादव र सरकारबीच चारबुँदे सहमति

1 मिनेट

जेठ ११, काठमाण्डौ ।

१५ दिनदेखि अनशनरत बिनु यादव र सरकारबीच चारबुँदे सहमति भएको छ । सहमतिपछि यादवले अनशन तोड्नुभएको छ ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले यादवको माग सम्बोधनका लागि आश्वासन दिएपछि हिजो बेलुका जुस पिलाएर यादवको अनशन तोड्नुभएको हो ।

बिनु यादवको मागमध्ये पवन कठायतले जबर्जस्ती करणी उद्योग गरेको मुद्दाको निवेदन कारबाहीका लागि गृह मन्त्रालयले महान्यायाधिवक्ताको कार्यालय पठाउने सहमति भएको छ ।अदातलमा विचाराधीन रहेका विषय अदालतबाट न्यायिक निरुपण हुने, अन्य मागका सम्बन्धमा क्षेत्राधिकार रहेको सम्बन्धित निकायमा लेखी पठाउने, यादवको स्वास्थ्योपचार गर्ने र उहाँको जीविकोपार्जनका लागि आवश्यक सहयोग गर्न महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा लेखी पठाउने सहमति भएको छ ।

यादव विगत १५ दिनदेखि विभिन्न पाँचबुँदे मागसहित माइतीघर मण्डलामा अनशन बस्नुभएको थियो ।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।