हामीसँग जोडिनुहोस

जसपा संसदीय दलको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त

0 मिनेट

काठमाडौँ , १२ जेठ ।

जनता समाजवादी पार्टी नेपाल जसपा संसदीय दलको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त भएका छन् । जसपा संसदीय दलका नेता उपेन्द्र यादवले शुक्रवार प्रदीपलाई प्रमुख सचेतक नियुक्त गरेका हुन्।

प्रदीप पर्सा – १ बाट निर्वाचित सांसद हुन्। यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी वन मन्त्री बनेका थिए । यादव अध्यक्ष उपेन्द्र निकट मानिन्छन् ।२०६४ मा उपेन्द्र नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम प्रवेश गरेका उनी २०६६ मा फोरमको पर्सा जिल्ला उपाध्यक्ष भएका थिए । २०६७ मा फोरमको पर्सा जिल्ला अध्यक्ष भएका उनी हाल केन्द्रीय सदस्य छन् ।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।