हेटौडा, १२ जेठ । दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगितामा भक्तपुरले बिभिन्न पदक हात पारेको छ । यहीँ जेठ ७ देखी १३ गतेसम्म हेटौंडामा भएको १३ वटै खेलहरुमा प्रतिस्पर्धात्मक सहभागिता जनाएको भक्तपुर जिल्ला खेलकुद बिकास समितिद्वारा उत्कृष्ट खेल प्रर्दशन गर्दै बिभिन्न खेलमा पदकहरु हात पारेको हो ।
भक्तपुर जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष दीपक थापाका अनुसार हेटौडामा जारी रहेको प्रतियोगितात्मक खेलहरु मध्ये बक्सिङ खेलको फाईनलमा तीन वटा स्वर्णसहित टिम तेस्रो हुन सफल भएको छ ।
प्रतियागितामा खेलाडीहरु बिजय वाटा, अस्मिता दुवाल र भावना भण्डारीले स्वर्ण पदक हात पारेको उहाँले जानकारी दिनुभयो । त्यस्ते एथलेटिक्स खेलमा ५००० मिटरमा रेस्तिना सितिखु तृतीय, ४८४०० मिटर रिलेमा उर्जा मधिकर्मि दोश्रो र ४८४०० मा श्रयस्का शिल्पकारले प्रथम स्थान हासिल गर्दै टिम प्रथम हुन सफल भएको समितिका अध्यक्ष थापाले जानकारी दिनुभयो ।
त्यस्तै जुडो खेलतर्फ दुर्गा पुरी ७० के.जि मा दोस्रो, सगुन सुनुवार तृतीय, हिमाल राई, निसान राई, बद्री नारायण श्रेष्ठ, सुजन खड्का, सगुन सुनुवार, बिनिता नेपाली, जुडो टिम फाईट खेलमा तृतीय, उसु खेलमा सोनीया पोख्रेल प्रथम, अन्जना ढुंगेल दोश्रो, तेक्वान्दो खेलमा किरण सितिखु र रबिना लामा पहिलो तथा पबित्रा सुनुवार तृतीय भएका छन् ।
त्यस्तै आइ.टि.अफ तेक्वान्दोमा सरु बि. क, स्वयता राई, मुना राई, सबिना तामाङ, समिर श्रेष्ठ प्रथम, दिलिप आले, सुबर्ण आले मगर, निपु शर्मा, सौरब बि.क, सबिना राई , सरु बि.क, समिर श्रेष्ठ दोस्रो स्थान (टिम गेम), अजय तामाङ र रुक्मुनी चौधरी दोस्रो, प्रेम केशव थापा, दिलासा बस्नेत तेस्रो र कराते खेलमा भावना राई प्रथम तथा दिप्सना श्रेष्ठ, तारा तामाङ, सजिना तामाङ, ऋसब राजबाहकले तृतीय स्थान ल्यान सफल भएका छन् । खेलकुद समितिका अध्यक्ष थापाले सम्पूर्ण पदक विजेता खेलाडीहरुलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नु भएको छ ।