हामीसँग जोडिनुहोस

काभा महिला च्यालेन्ज कप भलिबल प्रतियोगितामा नेपाल तेस्रो

1 मिनेट

काठमाडौं,१४ जेठ ।

उज्वेकिस्तानलाई पराजित गर्दै आयोजक नेपाल काठमाडौंमा जारी काभा महिला च्यालेन्ज कप भलिबल प्रतियोगितामा तेस्रो भएको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्डहलमा सम्पन्न खेलमा नेपालले पाहुना टोली उज्वेकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो भएको हो।

नेपालले पहिलो सेट गुमाए पनि बाँकी सेटमा उत्कृष्ट प्रदर्शन गर्न सफल भएको थियो। अघिल्ला दुई संस्कणको च्याम्पियन नेपालले सेन्ट्रल एशियन भलिबल एशोसिएशन ९काभा० महिला च्यालेन्ज कप भलिबल प्रतियोगितामा ह्याट्रिक गर्ने लक्ष्यमा रहे पनि सेमिफाइनलमा काजाकस्तानसँग पराजित भएको थियो।

आइतबार तेस्रो स्थान हासिल गरेको नेपाल उज्वेकिस्तानमाथि पहिलो सेटमा २०–२५ ले गुमाएको थियो। तर बाँकी सेटमा भने नेपालले सम्हालिएको प्रदर्शन गर्न सफल भएको हो। सो क्रममा नेपालले उत्कृष्ट पुनरागमन गर्दै त्यसपछिका तीन सेट २५–१६, २५–१५ र २५–१३ ले आफ्नो पक्षमा पारेको हो।

यससँगै नेपालले लगातार तेस्रो खेलमा उज्वेकिस्तानबिरुद्ध जित निकाल्न सफल भएको छ।नेपालले अघिल्लो संस्करणको लिग चरण र फाइनलमा पनि उज्वेकिस्तानलाई हराएको थियो। प्रतियोगिताको उपाधिका लागि आइतबार साँझ सवा चार बजे भारत र काजकिस्तान प्रतिस्पर्धा गर्दैछन्। सेमिफाइनलमा नेपाल काजकिस्तानसँग ३–२ तथा उज्वेकिस्तान भारतसँग ३–० को सेटमा पराजित गर्दै फाइनलमा भेट पक्का गरेका थिए।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।