हामीसँग जोडिनुहोस

रास्वपा सांसद कंसाकारद्वारा शपथ ग्रहण

0 मिनेट

जेठ १५,काठमाण्डौ ।

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट समानुपातिक सांसदमा सिफारिस हुनुभएकी विन्दवासिनी कंसाकारले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

कंसाकारले आज सोमवार दिउँसो ३ बजे सिंहदरबारमा रहेको कानुन समितिको हलमा सांसद पदको शपथ लिनुभएको हो । रास्वपाको आदिवासी जनजाति कोटाबाट सांसद पदमा निर्वाचित कंसाकारलाई सभामुख देवराज घिमिरेले शपथ गराउनुभएको हो ।

यसअघि समानुपातिक सांसद रहेका ढाकाकुमार श्रेष्ठको मेडिकल कलेज व्यावसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो बाहिरिएपछि रास्वपाले श्रेष्ठलाई निष्कासन गरेर कंसाकारलाई सांसद बनाउने निर्णय गरेको थियो ।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।