हामीसँग जोडिनुहोस

बाटो मर्मत तथा सरसफाई गरि मनाईयो सिपाडोलमा १६ औँ गणतन्त्र दिवस (फोटो फिचर)

3 मिनेट
भक्तपुर, १५ जेठ । हातमा साबेल, दायाँ बायाँ र सडक किनारामा महिला तथा पुरुषहरुसँगै कोही बेल्चा समातिरहेका, कोही साबेल त कोही कोदालो, कोदाली समातिरहेका ।
मेरो वडा म बनाउछु, हाम्रो नगर हामी बनाउछोँ भन्ने नाराका साथ सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित डोलेश्वर महादेवमन्दिरदेखि पाटी भञ्याङ्ग हुदै नैचाल आशापुरीसम्मको सडकको सरसफाई र सडक मर्मतमा सबैका लागि प्रेरणाको श्रोेत बन्दै साथ दिईरहेको देखिन्थे वागमती प्रदेशसभा सदस्य एवं समाजसेवी किरण थापा ।
नेकपा एमाले सूर्यविनायक नगरपालिका–८ वडा कमिटीले आयोजना गरेको १६ औँ गणतन्त्र दिवसको अवसरमा आज यहाँ आयोजना गरिएको बाटो मर्मत तथा सरसफाई कार्यक्रममा प्रदेशसभा सदस्य थापासँगै नेकपा एमालेका अध्यक्ष बचन देउजा, सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष पुष्पराज बस्नेत, वडा नं. ७ का वडाध्यक्ष रबिन्द्र सापकोटालाई साथ दिइरहेका थिए, करिब चारसय जना स्थानीयले ।
कार्यक्रमको उद्घाटन गर्दै थापाले भन्नुभयो, “कठोर जनआन्दोलनको उपलब्धी स्वरुप गणतन्त्र १६ वर्ष पुगेको छ, यो १६ वर्षमा देशले हरेक क्षेत्रको बिकासमा फड्को मारेको छ, जनताले गरेको युग परिवर्तनसँगै गाउँ गाउँमा सडक पुगेका छन्, उच्च शिक्षा र प्राबिधिक विद्यालय पुगेका छन्, स्वास्थय सुविधासँगै अस्पतालहरु पुगेका छन्, रोजगारको बृद्धि भएको छ, यो गणतन्त्रको उपलब्धी हो ।”
सांसद थापाले डोलेश्वर, आशापुरीदेखि बोकाचो गढीँसम्म स्वदेशी तथा भारतीय पर्यटकको आगमन अत्याधिक बढेको बताउदै सरसफाईलाई निरन्तरता दिदै यहाँको पर्यटकीयस्थललाई अझै आकर्षक बनाइने बताउनुभयो । गणतन्त्रलाई जोगाउदै देश विकासमा कस्सिएर युवाहरु लाग्नु पर्ने बताउदै उहाँले देशमा गणतन्त्रको उपलब्धीको रुपमा आएको तीन तहको सरकारले भौतिक तथा सामाजिक विकासमा टेवा पुगेको उहाँको भनाइ थियो ।
कार्यक्रममा सहभागि करिब चारसय जनाले यहाँको सडकको भत्किएका ठाउँको मर्मत गर्नुका साथै सडक पेटी सफाई गर्ने, गाँजादेखि सडक, कुलो र पेटी छोपेको घाँस तथा झाडीहरु फाड्ने कार्य गरेका छन् ।
नेकपा एमालेका अध्यक्ष बचन देउजाले गणतन्त्र दिवसको अवसरमा आयोजना गरेको यो कार्यक्रमले गणतन्त्रको उपलब्धीलाई आत्मासात गर्ने र यस भित्र आएका बिकृतिलाई हटाउन युवाहरु एक भएर लाग्ने सन्देश प्रवाह गरेको बताउनुभयो ।
वडाध्यक्ष पुष्पराज बस्नेतले डोलेश्वर, आशापुरीदेखि बोकाचो गढीँसम्म स्वदेशी तथा भारतीय पर्यटकको आगमन अत्याधिक बढेको बताउदै उहाँले सरसफाईलाई निरन्तरता दिदै यहाँको पर्यटकीयस्थललाई अझै आकर्षक बनाइने वडाध्यक्ष बस्नेतले बताउनुभयो । यो क्षेत्रलाई धार्मिक पर्यटकको रुपमा बिकास गर्दै लगेको र बोकाचो गढीलाई एतिहासिक क्षेत्रको रुपमा बिकास गर्दै पर्यटकीय गन्तव्यको रुपमा बिकास गरेको बताउनु भयो ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।