हामीसँग जोडिनुहोस

प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा, राज्यमन्त्रीद्वारा स्वागत

1 मिनेट

जेठ १७, काठमाण्डौ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भ्रमणका क्रममा भारतको नयाँ दिल्ली पुग्नुभएको छ । प्रधानमन्त्री प्रचण्डलाई नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारत सरकारको विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गर्नुभएको छ ।

प्रधानमन्त्रीलाई विमानस्थलमा सांस्कृतिक झाँकीले स्वागत गरिएको थियो । त्यसैगरी उहाँलाई भारतमा स्वागत गरिएका ब्यानरहरू पनि सडकका किनारमा राखिएको थियो ।

चार दिने भारत भ्रमणका लागि प्रधानमन्त्री प्रचण्ड आज बुधवार दिउँसो काठमाण्डौबाट प्रस्थान गर्नुभएको थियो । प्रधानमन्त्री प्रचण्डले भोलि बिहीवार भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदराबाद हाउसमा दुई पक्षीय वार्ता गर्नुहुनेछ ।

आजै बेलुकी प्रधानमन्त्री प्रचण्डको सम्मानमा नयाँ दिल्लीमा रहेको नेपाली दूतावासमा स्वागत कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा प्रधानमन्त्रीले भारतमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्नुहुनेछ । आज बेलुकी भारतका लागि नेपाली राजदूत डा। शङ्कर शर्माले प्रधानमन्त्रीको सम्मानमा रात्रिभोजको आयोजना गर्नुहुनेछ ।

भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, अर्थमन्त्री डा। प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल हुनुहुन्छ । भारत भ्रमणका क्रममा विद्युत विस्तार, विद्युतमा भारतीय लगानी प्रवर्धन, भारतसँग भएका सम्झौताहरूको कार्यान्वयन, सीमा विवाद, नाकाहरू सञ्चालनलगायतका बारेमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री प्रचण्ड आउँदो शनिवार स्वदेश फर्किने तालिका रहेको छ ।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।