हामीसँग जोडिनुहोस

रु. ५० हजार पुरस्कारसहित राष्ट्रब्यापी खुल्ला पुरुष भलिबलको च्याम्पियन बन्यो नेपाल गणतान्त्रिक खेलकुद महासंघ

2 मिनेट
भक्तपुर, ३० जेठ : भक्तपुरमा सोमबार राती अबेर सम्पन्न राष्ट्रब्यापी खुल्ला पुरुष भलिबल प्रतियोगितामा नेपाल गणतान्त्रिक खेलकुद महासंघ च्याम्पियन बनेको छ ।
सूर्यविनायक नगरपालिका–४  हर्षचोकमा स्थानीय ॐ सृजनशील समाजले गतशनिवारदेखि आयोजना गरेको राष्ट्रब्यापी खुल्ला पुरुष भलिबल प्रतियोगिताको सोमबार राती सम्पन्न फाइनल खेलमा नेपाल गणतान्त्रिक खेलकुद महासंघले लिखु गाउँपालिका–८ ओखलढुङ्गालाई ३–१ को सेटमा पराजित गर्दै महासंघ च्याम्पियन बनेको हो ।
फाइनलको पहिलो खेलमा २५–२१ का अन्तरले लिखुले अग्रता लिएपनि दोश्रो, तेश्रो र चौथो सेटमा भने लिखु बिरुद्ध महासंघले २५–२०, २५–१९ र २५–२२ को अन्तरले विजय हासिल गरि नगद पुरस्कार, ट्रफि र मेडल हात पार्दै महासंघ च्याम्पियन बनेको हो । त्यस्तै न्यूटन एकेडेमीले आयोजक टिम ओम श्रृजनशिल समाजलाई ३–० को अन्तरले पराजित गर्दैै तेश्रो स्थान सुनिश्चित गरेपछि आयोजक टिम समाजले सान्तवनामै चित्त बुझाउनु परेको थियो ।
कार्यक्रममा वागमती प्रदेशसभा सदस्य किरण थापाले प्रतियोगितामा प्रथम हुने नेपाल गणतान्त्रिक खेलकुद महासंघलाई नगद रु. ५० हजार, ट्रफि, मेडल, प्रमाणपत्र, दोश्रो हुने लिखु–६ ओखलढुङ्गालाई नगद पुरस्कार रु. २५ हजार, ट्रफि, मेडल, प्रमाणपत्र, तेश्रो हुने न्यूटन एकेडेमीलाई रु. १५ हजार, ट्रफि, मेडल, प्रमाणपत्र र सान्त्वना हुने ॐ श्रृजनसिल समाजलाई रु. १० हजार, मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो ।
त्यस्तै प्रतियोगिताको फाइनल खेलमा महासंघका खेलाडी बिष्णु बस्नेतले म्यान अफ दि म्याचको उपाधी पाउनु भयो भने बेस्ट स्पाइडरमा महासंघकै समित श्रेष्ठ, बेष्ट ब्लकरमा महासंघकै सन्तोष रानामगर, बेष्ट सेटर महासंघकै मनोज घिमिरे, बेष्ट लिब्रोको उपाधी लिखु–८ का सन्दिप थापा र बेष्ट सर्भर न्यूटन एकेडेमीका धिरज काजी बस्नेतले उपाधी हात पार्नु भयो ।
कार्यक्रममा बाल्दै प्रदेश सभाका सदस्य किरण थापाले खेलमा दर्शकदिर्घाको आकर्षण र भीड देख्दा यहाँ भलिबल खेलका लागि आवश्यक खेल मैदान निर्माण गर्नुपर्ने आवश्यकता देखिएको बताउनु भयो । उहाँले यसप्रकारको प्रतियोगिता आगामी दिनमा गरिरहनु पर्ने र खेल तथा खेलाडीको मनोबल बृद्धि गरिरहनु पर्नेमा जोड दिदै उहाँले खेल मैदानका लागि एवं अन्य सहयोगका लागि वाग्मती प्रदेश सरकारबाट सक्दो सहयोग ल्याउन आफू प्रयास गर्ने बताउनुभयो ।
त्यसअवसरमा जिल्ला खेलकुद विकास समिति भक्तपुरका प्रमुख दीपक थापा, सूर्यविनायक नगरपालिका–४ का वडाध्यक्ष लछुराम न्यौपानेले, कार्यक्रमका सभापति एवं आयोजक समाजका अध्यक्ष अर्जुन केसीलगायतले भपलबल खेल मैदानको आवश्यकतालाई संघ, प्रदेश र स्थानीय सरकारले पुरा गर्न लाग्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै बिभिन्न देशमा गएर भलिबल खेलमा उतकृष्टता हासिल गर्ने खेलाडी धिरजकाजी बस्नेत र बिष्णु बस्नेतलाई प्रदेश सभा सदस्य थापाले सम्मान गर्नुभयो ।
आयोजक समितिका संयोजक पेशल आचार्यले शनिबारदेखि शुरू भएको प्रतियोगितामा ८ जिल्लाका १० टिमको सहभागिता रहेको जानकारी दिदै कार्यक्रममा बिभिन्नन खेलाडीहरुलाई सम्मान गरेको बताउनुभयो । प्रतियोगितालाई बिभिन्न सहयोग पुर्याउने दाता एवं सहयोगीहरुलाई सम्मान एवं प्रशसा पत्र प्रदान गरिएको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।