हामीसँग जोडिनुहोस

दक्षिण एसियाली बुद्धिचाल च्याम्पियनसिप आजदेखि सुरु हुँदै

1 मिनेट

काठमाडौं,३० जेठ।

दक्षिण एसियाली बुद्धिचाल च्याम्पियनसिप आजदेखि सुरु हुँदैछ।नेपाल बुद्धिचाल महासंघको आयोजनामा हुन लागेको यो अहिलेसम्मकै ठूलो प्रतियोगिता हो।

ललितपुरको गोदाबारीमा सञ्चालन हुने प्रतियोगितामा आयोजक नेपालसहित भारत, माल्दिभ्स, भुटान, श्रीलंका, बंगलादेश र पाकिस्तानका १० महिला र समान १० पुरुष खेलाडीले प्रतियोगिता खेल्नेछन्।नेपालबाट फिडेमास्टर रुपेश जयसवाल र रनरअप सुरवीर लामाले पुरुषतर्फ र महिलातर्फ फिडेमास्टर सुजना लोहनी र सुशीला गुरुङले सहभागिता जनाउनेछन्।

प्रत्येक देशबाट पुरुष र महिला विधामा एक(एक जना डिफेन्डिङ च्याम्पियन सहभागी हुने प्रतियोगितामा आयोजक नेपालबाट भने थप एक(एक जना खेल्न लागेका हुन् । खुला महिला तथा परुष गरी दुई स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ।राउन्ड रोबिन प्रणालीमा हुने प्रतियोगितामा पुरुषतर्फ भारतीय इन्टरनेसल मास्टर नवइर शाह सेख र महिलातर्फ बंगालादेशी इन्टरनेसल मास्टर सुल्तान सिरिनको समेत सहभागिता रहने छ।

पुरुषतर्फको विजेताले १ लाख ५० हजार र महिलातर्फको विजेताले १ लाख नगद पाउनेछन्।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।