भक्तपुर, ३२ जेठ । प्रेस चौतारी नेपाल जिल्ला शाखा भक्तपुरले श्रमजिवि पत्रकारहरुको छाता संगठन पत्रकार महासंघले जारी गरेको १५ बुदेँ शुद्धिकरण मापदण्ड पूर्ण रुपले पालना गर्न नेपाल पत्रकार महासंघसँग आग्रह गरेको छ ।
विहिबार केन्द्रिय उपाध्यक्ष गणेश पाण्डेको प्रमुख आतिथ्यतामा बसेको प्रेस चौतारी भक्तपुर जिल्ला शाखाको बैठकले शुद्धिकरण मापदण्ड पूर्ण रुपले पालना गर्न ध्यानाकर्षण गरेको जिल्ला अध्यक्ष हेमराज ढकालले जानकारी दिए ।नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखा, प्रदेश, उपत्यका र केन्द्रीय समितिलाई आग्रह गरेको छ ।
बैठकमा उपस्थित उपत्यका इन्र्चाज हेमराज सिलवाल, भक्तपुर इन्र्चाज रमेश गिरी, अनुशासन आयोगका सदस्य रामचन्द्र प्रजापति लगायतले शुद्धिकरण मापदण्ड पालना गर्ने र गराउन प्रतिवद्ध रहने निर्णय गरेको जिल्ला अध्यक्ष ढकालले जानकारी दिनुभयो । प्रेस चौतारी भक्तपुर जिल्ला शाखाले आजै बिज्ञप्ती जारी गर्दै महासंघको नयाँ सदस्यता तथा सदस्यता नविकरणमा १५ बुदेँ शुद्धिकरण मापदण्ड पूर्ण रुपले पालना गर्न माग गर्दै सचिव आशिष पौडेलद्धारा हस्ताक्षरित बिज्ञप्ती जारी गरेको हो । पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरलाई १५ बुदेँ शुद्धिकरण मापदण्ड पालना गर्न ध्यानाकर्षण समेत गराइएको छ ।