हामीसँग जोडिनुहोस

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनछेक बहस सकियो

1 मिनेट

असार १, काठमाण्डौ ।

नक्कली शरणार्थी प्रकरणका अभियुक्तहरूको थुनछेक बहस सकिएको छ । काठमाण्डौ जिल्ला अदालतमा सरकारी वकिलहरूले जवाफी बहस गरेपछि थुनछेक बहस सकिएको हो ।

हिजो बिहीवार अभियुक्ततर्फका वकिलको बहस सकिएपछि आज शुक्रवार सरकारी वकिल र जाहेरीवालातर्फको वकिलले जवाफी बहस गरेका हुन् । उनीहरूले अभियुक्ततर्फका वकिलले उठाएइका कानुनी प्रश्नको जवाफ दिएका छन् । सरकारी वकिलपछि जाहेरीवालातर्फका वकिलले जवाफी बहस गर्दै आफ्नो पक्षको जाहेरी कानुनसम्मत भएको र प्रमाण पुर्‍याउने भार सरकारी पक्षको भएको भन्दै अभियुक्तलाई उन्मुक्ति नदिन आग्रह गरेका छन् ।

अभियुक्तहरूलाई थुनामै राखेर मुद्दा अघि बढाउने कि छोड्ने भन्नेबारे अदालतले आजै आदेश गर्ने भएको छ । प्रहरीले नक्कली शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा चलाएको छ । आरोपी ३० जनामध्ये १८ जना प्रहरी हिरासतमै छन् ।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।