हामीसँग जोडिनुहोस

त्रिविका उपप्राध्यापक प्रेम चलाउनेको समर्थनमा प्रदर्शन गर्नेहरू पक्राउ

1 मिनेट

असार ५,काठमाण्डौ ।

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई न्याय माग गर्दै काठमाण्डौ जिल्ला अदालत अगाडि प्रदर्शन गर्नेहरूलाई प्रहरीले पक्राउ गरेको छ । आज मङ्गलवार बृहत् नागरिक आन्दोलनले उपप्राध्यापक चलाउनेलाई न्याय माग्दै प्रदर्शन गरेको हो ।

मन्त्रिपरिषद्को बैठकले गएको जेठ ३० गते नेविसङ्घका त्रिवि समिति अध्यक्ष हरि आचार्य, सचिव योगेन्द्र रावललगायत सात जनाविरुद्धको ज्यान मार्ने उद्योग कसुरको मुद्दा फिर्ता लिएको थियो । मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध उपप्राध्यापक चलाउनेले त्रिवि विश्वविद्यालय परिसरमा हिजो सोमवारदेखि अनशन पनि सुरु गर्नुभएको छ ।

चलाउनेमाथि गएको २०७७ असोज २० गते आक्रमण भएको थियो । चलाउनेले सुरु गर्नुभएको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै बृहत् नागरिक आन्दोलनले प्रदर्शन गरेको हो ।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।