हामीसँग जोडिनुहोस

१४ औं संस्करणको साफ च्याम्पियनसिपको उद्घाटनमा आज नेपाल र कुवेत भिड्दै

1 मिनेट

काठमाडौं,०६ असार।

१४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल आजदेखि भारतको बैङ्लुरुमा शुरु हुँदैछ।भारतको बैङ्लुरुस्थित श्री कान्तिराभा रंगशालामा बुधबार साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले कुवेतसँग खेल्दैछ। यो खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे शुरु हुनेछ।

साफका ६ र २ आमन्त्रित राष्ट्र गरि ८ टोली सहभागी छन्। साफ च्याम्पियनसिपको पहिलो संस्करणदेखि नै खेल्दै आएको नेपालको अहिलेसम्मको सफलता भनेको एक पटक उपविजेता बन्नु मात्र हो। गत संस्करण माल्दिभ्समा भारतसँग ३–० गोलले हारेको नेपाल साबिक उपविजेता हो। ​

मध्यपूर्वी राष्ट्र कुवेत वरियताका आधारमा नेपालभन्दा बलियो टोली हो। फिफाको वरियतामा नेपाल १७४ औं स्थानमा छ भने कुवेत ३१ स्थान माथि १४३ औं स्थानमा छ। १० पटक अरेवियन गल्फ कप जितेको कुवेतले १ पटक विश्वकप र १० पटक एसियन कप समेत खेलिसकेको छ।

नेपाल र कुवेतबीच अहिलेसम्म ९ खेल हुँदा नेपालले १ मात्र बराबरी गरेको छ भने बाँकी ८ खेल कुवेतले जितेको छ। २०१९ मा भएको मैत्रीपूर्ण खेलमा उसलाई गोलरहित बराबरीमा रोकेको नेपाल पछिल्लो पटक कुवेतसँग गत वर्ष एसिया कप छनोटको खेलमा भने ४–१ गोलले हारेको थियो।

यि दुईबीच पहिलो पटक सन् १९८२ एसिया कप छनोटमा भेट भएको थियो। जहाँ नेपाल ३–१ गोलले हारेको थियो । त्यस समय वाईबी घलेले गोल गरेका थिए भने त्यसको ४० वर्षपछि गत वर्ष एसिया कप छनोटमै दर्शन गुरुङले कुवेतविरुद्ध गोल गरे। कुवेतविरुद्ध नेपालले अहिलेसम्म यही २ गोल मात्र गर्दा ३४ गोल खाएको छ।​

यस्तोमा नेपाललाई पहिलो खेलमा दबाबसँगै कुवेतविरुद्ध ऐतिहासिक जित निकाल्ने मौका पनि हुनेछ। नेपाल र कुवेतसँगै समूह ए मा आयोजक भारत र पाकिस्तानसमेत छन्। पाकिस्तान र भारतबीच राति पौने ८ बजे दोस्रो खेल हुनेछ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।