हामीसँग जोडिनुहोस

खेलकुद विकास समितिको व्यबस्थापनमा जिससद्धारा राष्ट्रिय खेलाडीहरु सम्मानित

2 मिनेट

भक्तपुर, ९ असार । भक्तपुर जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा आज भक्तपुरका राष्ट्रियस्तरदेखि प्रदेशस्तरसम्मका खेलाडीहरुलाई सम्मान गरिएको छ । जिल्ला समन्वय समितिले आफ्नै सभाहलमा आज खेलकुद प्रतियोगितामा उत्कृष्ठ भएका खेलाडी एवं प्रशिक्षकलाई भव्य समारोहबीच सम्मान गरिएको हो ।

जिससका प्रमुख इश्वर थापाले आज सम्मान समारोहमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता, दोस्रो बागमति प्रदेशस्तरीय खेलकुद प्रतियोगिता र राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा बिजेता भएका भक्तपुरका उत्कृष्ठ खेलाडीहरुलाई सम्मान गर्नु भएको हो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगीताको विभिन्न खेलमा पदक प्राप्त गर्ने २५ जना खेलाडी रहेका थिए ।

कार्यक्रममा आइटिएफ तेक्वान्दो खेलतर्फका १५ जना, कराते खेल तर्फका ५ जना, उसु खेलतर्फका ४ जना, तेक्वान्दो खेल तर्फका ३ जना, जुडो खेल तर्फका ७ जना, बक्सिङ खेलतर्फका ३ जना, एथलेटिक्स खेलतर्फका ४ जना र उसु खेलतर्फका २ जना खेलाडीलाई सम्मान गरिएको हो ।

कार्यक्रममा खेलाडीलाई सम्मान गर्दै जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वर थापाले खेलकुद देशकै गहना भएको चर्चा गर्दै खेलकुदलाई निरन्तरता दिदै गए अन्तराष्ट्रिय क्षेत्रमा देशको नाम उच्च हुने बताउनु भयो । खेलकुदको नियमित अभ्यास गर्ने र बिभिन्न प्रतियोगितामा नियमित भाग लिने गरेमा खेलाडी उत्कष्ठ हुने बताउदै थापाले भक्तपुरमा खेलकुद क्षेत्रको विकासका लागि जिल्ला समन्वय समितिले सधै सहयोग गर्ने बताउनु भयो ।

त्यसअवसरमा भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापाले आफू अध्यक्ष भएर आएपछि भक्तपुरको खेलकुदको बिकासले फड्को मारेको चर्चा गर्नुभयो । भक्तपुरमा सुस्ताएको खेलकुदालाई आफुले चलाएमान बनाएको बताउदै उहाँले एक वर्षमा दर्जन खेलकुद प्रतियोगिता र खेलाडीलाई प्रोत्साहन दिन सम्मान कार्यक्रमसमेत निरन्तर रुपमा भइरहेको बताउनु भयो ।

अध्यक्ष थापाले भन्नुभयो, “म अध्यक्ष भएर आएपछि यो एक वर्षको अवधिमा भक्तपुरमा विभिन्न प्रतियोगिता सञ्चालन हुदै आएको छ, हामीले भक्तपुरको खेलक्षेत्रलाई चलाएमान बनाएका छौं, खेलाडीहरुलाई प्रोत्साहन दिदै आएका छौँ ।”

उहाँले खेलकुदको बिकास र खेल क्षेत्रमा दक्ष जनशक्ति तयार गर्ने लक्ष्यका साथ विद्यालयमा खेलकुद अभियान चलाएको, खेलाडीको उपचारमा छुटको व्यबस्था गरिएको, परिचयपत्र बनाउने कार्य गरेको बताउनु भयो । उहाँले भक्तपुरमा खेलकुदका लागि आवश्यक रंगशाला, खेल मैदानदेखि समितिको भवन निर्माणका लागि समेत आवश्यक पहल भइरहेको थियो ।

 

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।