हामीसँग जोडिनुहोस

राष्ट्रसंघमा शान्ति विभाग हेर्ने उपमहासचिव ल्याक्रोइक्स आज नेपाल आउँदै

1 मिनेट

असार १२,काठमाडौं ।

संयुक्त राष्ट्रसंघको शान्ति कार्य विभाग हेर्ने उपमहासचिव जिन–पियरे ल्याक्रोइक्स नेपालको चार दिवसीय भ्रमणका लागि मंगलबार नेपाल आउँदै छन्।

नेपाल भ्रमणका क्रममा उहाँले प्रधानमन्त्री, उपप्रधान एवं रक्षामन्त्री र परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट गर्नेछन्। उपमहासचिव ल्याक्रोइक्सले प्रधानसेनापति, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखसँग भेटघाटको कार्यक्रम रहेको छ।

नेपाल बसाइँका क्रममा उनीसंयुक्त राष्ट्रसंघ र नेपाली शान्ति सेनासम्बन्धी विविध कार्यक्रममा सहभागी रहनेछन्। साथै, उनले पर्यटकीय महत्वका स्थानको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ।संयुक्त राष्ट्रसंघको विश्वशान्ति कार्यमा धेरै सेना पठाएर योगदान गर्ने मुलुकको सूचीमा हाल नेपाल दोस्रो स्थानमा छ। शान्ति सेनामा महिला सैनिक धेरै पठाउने देशमा नेपाल पहिलो नम्बरमा छ।

संयुक्त राष्ट्रसंघबाट माग भइआएको खण्डमा नेपालले १० हजार सङ्ख्यामा शान्ति सैनिक पठाउन सक्ने यसअघि नै प्रतिबद्धता जनाइसकेको छ। संयुक्त राष्ट्रसंघले गत जेठ ३० देखि असार १ गतेसम्म सातौँ संस्करणको शान्ति स्थापना कार्यमा प्रविधिका लागि सहकार्यसम्बन्धी अन्तर्राष्ट्रिय संघ गोष्ठी गरेको थियो।संगोष्ठीमा राष्ट्रसंघका सहयोग कार्यसम्बन्धी विभाग हेर्ने उपमहासचिव अतुल खेरसहितका उच्च पदाधिकारीले भाग लिएका थिए।

 

 


Jean-Pierre Lacroix participate in a town hall meeting in Bamako UN HQ during DPKO Chief, USG Herve Ladsous last visit in Mali as USG. Mr. Ladsous came in Mali with Mr. Jean-Pierre Lacroix, who as been appointed to succeed him as head of DPKO, Bamako the 18th of March 2017 © MINUSMA/Sylvain Liechti

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।