हामीसँग जोडिनुहोस

ललिता निवास जग्गा हिनामिना प्रकरणमा भाटभटेनीका सञ्चालक गुरुङसहित थप ७ जना पक्राउ

1 मिनेट

असार १२,काठमाण्डौ ।

बालुवाटारको ललिता निवास जग्गा हिनामिना प्रकरणमा तत्कालीन सहसचिव कलाधर देउजा र भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित थप ७ जना पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले देउजा र गुरुङसहित मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन कर्मचारीहरू सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम, गोपाल कार्की र हुपेन्द्रमणि केसीलाई काठमाण्डौका विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।पक्राउ परेका पूर्वकर्मचारीहरूले २०४९ देखि २०६६ सालसम्म मालपोत कार्यालय र भूमि सुधार तथा व्यवस्था विभागमा काम गरेका थिए । उनीहरूसहित राजनीतिक, प्रशासनिक, व्यापारिक र भूमाफियाको मिलेमतोमा सरकारी कागजात किर्ते गरेर सरकारी जग्गा हडपेको सीआईबीको अनुसन्धानमा खुलेको छ ।

यस्तै,पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ परेका छन्।

ललिता निवास जग्गा हिनामिना प्रकरणमा शाहलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले जनाएको छ।ललिता निवासको जग्गा शाहको श्रीमतीको नाममा बकस लिएको अनुसन्धानमा खुलेको थियो। जसमा उनको समेत मिलेमतोको रहेको भन्दै सिआइबीले पक्राउ गरेको हो।

ललिता निवास प्रकरणमा यसअघि तीन सय जनालाई प्रतिवादी बनाएर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । तर सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने जनाउँदै फाइल फिर्ता पठाएको थियो ।

ललिता निवास प्रकरणको बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छुट्टै अनुसन्धान गरेर विशेष अदालतमा दर्ता गरेको मुद्दा अहिले पनि विचाराधीन छ । सरकारको स्वामित्वमा रहेको बालुवाटारमा रहेको ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी गरेको आरोपमा प्रहरीले कारबाही अघि बढाएको छ ।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।