हामीसँग जोडिनुहोस

साफ च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा आज कुवेत र बंगलादेश तथा भारत र लेबनान खेल्दै

1 मिनेट

असार १६,काठमाण्डौ ।

साफ च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा आज कुवेत र बंगलादेश तथा भारत र लेबनान खेल्दै छन् । पहिलो सेमिफाइनलमा कुवेत र बंगलादेशबीचको खेल दिउँसो सवा ३ बजे तथा दोस्रो सेमिफाइनलमा घरेलु टोली भारत र लेवनानबिच बेलुका पौने ८ बजे खेल हुनेछ ।

गोलअन्तरका आधारमा कुवेत समूह ‘ए’ को विजेता तथा भारत उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । त्यस्तै समूह ‘बी’ बाट लेबनान विजेता र बंगलादेश उपविजेता बनेर सेमिफाइनल खेल्न लागेको हो । सन् २००९ पछि बंगलादेश पहिलो पटक साफ च्याम्पियनशिपको अन्तिम चारमा पुग्न सफल भएको हो । साफ च्याम्पियनशिप भारतको बेंग्लोरमा चलिरहेको छ । फाइनल खेल जुलाई ४ तारिख अर्थात् आउँदो असार १९ गते हुनेछ ।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।