१६ असार,काठमाडौँ ।
नेकपा माओवादी केन्द्र सम्बद्ध अखिल ९क्रान्तिकारी० को स्ववियू काउन्सिलको तेस्रो भेला असार २० र २१ गते काठमाडौँको किर्तिपुरमा हुने भएको छ। उक्त भेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने तय भएको छ। गएको चैत्रमा सम्पन्न स्ववियू निर्वाचनमा अखिल ९क्रान्तिकारी० ले ८३ वटा क्याम्पसमा स्ववियू सभापति, ३२४ वटामा पदाधिकारी र ५२६ वटामा सदस्यसहित ८५० भन्दा बढी स्थानमा जित हासिल गरेको छ ।
उक्त भेलामा देशभरबाट अखिल ९क्रान्तिकारी० बाट निर्वाचित पदाधिकारी, स्ववियू सदस्य र जिल्ला अध्यक्षहरु सहभागी हुने संगठनका महासचिव दिपेश पुनले जानकारी दिए। महासचिव दिपेश पुनका अनुसार उक्त भेलाले राजनैतिक प्रतिवेदन तथा विधान व्यापक छलफलसहित पारित गर्ने र ‘क्रान्तिकारी स्ववियू काउन्सिल’को केन्द्रिय संयोजन समिति पनि निर्माण गर्ने छ ।