हामीसँग जोडिनुहोस

रोजगार मेलामा एकैदिन ५० जनाले पाए रोजगारी, १०० बढीको रोजगारी सुनिश्चित

मध्यपुरथिमिलाई तीन केन्द्रको रुपमा बिकास गर्न सकिन्छ : सांसद थापा

3 मिनेट

-रमेश गिरी

भक्तपुर, १६ असार । मध्यपुरथिमि नगरपालिकाले आज सानोथिमिस्थित आदर्श माध्यामिक विद्यालयको प्राङ्गणमा आयोजना गरेको एकदिने ‘वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला’मा एकैदिन ५० जनाले रोजगारी पाएका छन् ।

मेलामा राखिएका विभिन्न संघसंस्था, उद्योग, व्यवसाय एवं रोजगारदाता कम्पनीले मेलामा आजै आवेदन दिएकाहरु मध्ये ५० जनालाई मेलास्थलमै रोजगारी दिएको मेला मूल आयोजक समितिका संयोजक एवं नगरपालिकाका प्रवक्ता कृष्णहरी आचार्यले जानकारी दिनुभयो ।

मेला अवलोकनमा आएका पाँच हजार भन्दा बढी युवायुवती एवं विद्यार्थीहरु मध्ये मेलास्टलमा रहेका बिभिन्न रोजगारदाता कम्पनीमा ४८० जनाले रोजगारीको लागि आवेदन दिएको उहाँले बताउनुभयो ।

मेलामा रोजगारी प्रदान गर्न ईन्स्योर परियोजनाले ६, भक्तपुर चेम्वर्स अफ कम्मर्सले ५०, पुर्ण हस्तकला संकलनले ५०, प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७२, मध्यपुर उद्योग वाणिज्य संघले ११, जिल्ला सहकारी संघ भक्तपुरले ८, प्याव्सनले ११७, बालकुमारी महिला समाज मध्यपुर थिमिले ५०, रोजगारी सर्भिसेज प्रा.लिले ९८ जनाको व्यक्तिगत विवरण संकलन गरेको छ ।

मेलामा सबैभन्दा धेरै नीजि विद्यालयकोहरुको संस्था प्याव्सन भक्तपुरले ४१ जनाको लागि रोजगारीको अवसर प्रदान गरेको छ । त्यसैगरी बालकुमारी महिला समूहले ३० र अन्य व्यवसायिक संघसंस्थाहरुले समेत गरी १०० भन्दाबढीलाई रोजगारीका लागि सुनिश्चितता गरेको छ ।
यसैगरी मेलामा राखिएको वृत्ति मार्ग निर्देशन परामर्शमा एक हजार ६५० जनाले परामर्श सेवा लिएको वडा नं. ३ का वडाध्यक्ष समेत रहनु भएका आचार्यले बताउनुभयो । मेलामा नीजि उद्योगका १२, संघसंस्थाका ५, प्राविधिक विद्यालयका ८, खाना, स्वास्थ्य सेवा गरी कुल ३४ स्टल रहेका थिए ।

त्यसअघि आज मेलाको उद्घाटन गर्दै भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य एवं नेपाली काँग्रेसका जिल्ला सभापति दुर्लभ थापाले मध्यपुरथिमिलाई शिक्षा, व्यवसायिक र पर्यटन गरी तीन क्षेत्रको केन्द्रको रुपमा विकास गर्न सकिने बताउनुभएको हो ।

“मध्यपुरथिमिलाई विशेषगरी तीन वटा क्षेत्रको केन्द्रको रुपमा विकास गर्न सकिन्छ । एउटा शैक्षिक केन्द्र, दोस्रो व्यवसायिक केन्द्र र तेस्रो यहाँको धार्मिक, साँस्कृतिक सम्पदाको संरक्षणगरी पर्यटन केन्द्रको रुपमा विकास गर्न सकिन्छ, ।” उहाँले भन्नुभयो ।

उहाँले मध्यपुरथिमिलाई शिक्षा, व्यवसायिक र पर्यटन क्षेत्रको केन्द्रको रुपमा विकास गर्न सके यहाँका नागरिक रोजगारीका लागि कुनै खाडी मुलुक या मलेसिया जानु नपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “मध्यपुर थिमिमा जुन सम्भावना छ, त्यसको विकास र बिस्तार गर्न सके यहाँका नागरिकलाई यही मलेसिया, दक्षिण कोरिया र अरबका देश बन्न सक्छ ।”

मध्यपुरथिमि नगरपालिका प्रमुख सुरेन्द्र श्रेष्ठले निर्वाचनमा जनता समक्ष गरिएको रोजगारीको अवसर सिर्जना गर्ने प्रतिवद्धता पुरा गर्न रोजगार मेला आयोजना गरिएको बताउनुभयो । उहाँले मेलाको माध्यमबाट स्थानीयलाई रोजगारी दिने, रोजगारीको खोजीमा रहेका युवा र रोजगार दातालाई प्रत्यक्ष भेट गराउने र युवा विद्यार्थीलाई उनीहरुको वृत्ति विकासका लागि परामर्श दिने उद्देश्यले मेला आयोजना गरिएको बताउनुभयो ।

नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले अन्य मेलाको तुलनामा यो रोजगार मेला नौलो र प्रकारको रहेको चर्चा गर्दै मेलाको यसपटकको अनुभव र सिकाईलाई ग्रहण गरी आगामी दिनमा पनि यस्तो मेला आयोजना गरिने बताउनुभयो । बिहानदेखी परेको वर्षाका बाबजुद मेलामा उल्लेख्य सहभागिता रहेको थियो । स्वीस सरकार विकास सहयोग एसडिसी, इन्स्योर परियोजना र हेल्भाटासको सहयोग रहेको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।