हामीसँग जोडिनुहोस

नयाँ लायन वर्षको अवसरमा मानव कल्याण आश्रममा लायन्स क्लब अफ भक्तपुर फोरस्टारको सेवा

2 मिनेट

भक्तपुर, १६ असार । लायन्स क्लब अन्तरास्ट्रको नयाँ लायन बर्ष २०२३/०२४ को पुनित अबसरमा आज लायन्स क्लब अफ भक्तपुर फोरस्टारले भक्तपुरका चाँगुनारायण नगरपालिका–३ झौखेलस्थित मानव कल्याण आश्रममा आश्रित रहनु भएकाहरु जेष्ठ नागरिक एवं आश्रित व्यक्तित्वहरुलाई खाना खुवाएर मनाएको छ ।

मानवीय सेवामा सक्रिय लायन्स क्लब मध्येको लायन्स क्लब अफ भक्तपुर फोरस्टारले संस्थापक, पदाधिकारीदेखि सदस्यहरुसमेतको सहभागितामा आश्रममा आश्रित अनाथ, असाह्य जेष्ठ नागरिक एवं आश्रित व्यक्तित्वहरुलाई खाना खुवाएर नयाँ लायन वर्षको स्वागत गरेको हो ।

लायन्स क्लब इन्टरनेसनल डिस्टीक ३२५ जि डिस्ट्रीक गभर्नर लायन दिपककृष्ण प्रजापतिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिशिष्ट अतिथिहरु प्रथम भाइस डिस्ट्रीक गभर्नर लायन डा. कमलबहादुर कायस्थ, द्धितिय भाइस डिस्ट्रीक गभर्नर लायन बिधान जोशी, लायन्स क्लब अफ मन्डनदेउपुरका सस्थापक अध्यक्ष गुरूप्रसाद र क्लबका संस्थापक इन्द्रकुमार श्रेष्ठ, वर्तमान् अध्यक्ष बेद श्रेष्ठलगायतले लायन्स क्लबको महत्व र मानव बहन गर्नुपर्ने सामाजिक दायित्वकाबारेमा चर्चा गर्नु भएको थियो ।

कार्यक्रममा मानव कल्याण आश्रमका सचिब बिजय पोखरेललाई लायन्स क्लब अफ भक्तपुर फोरस्टारले रु. १६ हजारको चेक हस्तान्तरण गरेको थियो । त्यस अवसरमा लायन्स क्लब अफ भक्तपुर फोरस्टारका संस्थापक इन्द्रकुमार श्रेष्ठलाई क्लब गठन गरेर अहिलेसम्म पुर्याएको योगदानको कदर गर्दै क्लबका नयाँ अध्यक्ष बेदप्रकाश श्रेष्ठले दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो ।

कार्यक्रममा क्लबका संरक्षक डिस्ट्रीक चिफ कोअर्डिनेटर लायन इन्द्रकुमार श्रेष्ठ, क्लबका अध्यक्ष लायन बेद प्रकाश श्रेष्ठ, आइ पि पि अनुश सुबेदी, प्रथम उपाध्यक्ष रमेशकुमार बस्नेत,द्धितिय उपाध्यक्ष लायन प्रदिप उप्रेती, सचिब लायन कौशिला खरेल, कोषाध्यक्ष लायन सुकृती आचार्यलगायत पदाधिकारी एवं सदस्यहरुको सहभागिता रहेको थियो ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।