हामीसँग जोडिनुहोस

भक्तपुर अस्पताल १२० औँ वर्षमा प्रवेश, देशकै उत्कृष्ट भक्तपुर अस्पताल : मन्त्री जोशी

4 मिनेट
भक्तपुर, २२ असार : बीर अस्पताल पछिको दोश्रो अस्पतालको रुपमा स्थापना भएको भक्तपुर अस्पतालले आज आफ्नो १२० औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको आज उद्घाटन गर्दै वागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले भक्तपुर अस्पतालले धेरै राम्रो काम गरेकाले सबैतिर चर्चा पाएको र उत्कृष्ट अस्पताल बन्न सफल भएको सुन्न पाएकोमा खुसी लागेको बताउनु भयो ।
उहाँले भन्नुभयो, “भक्तपुर अस्पतालले राम्रो सेवा प्रवाह गरेको चर्चा सबैतिर सुन्न पाइन्छ, राम्रो गरेकोमा खुसी लागेको छ । अझै राम्रो गर्नु होला, सेवा बिस्तार गर्दै जानु होला, सरकारले निःशुल्क भनेका सबै सेवाहरु निःशुल्कनै उपलब्ध गराउनु होला, विपन्नहरुको लागि शैयया छुट्याउनु होला ।” उहाँले प्रदेशले भक्तपुर अस्पताललाई प्रशासनीक खर्च सहित कूल रु. १ करोड बजेट विनियोजन गरेकोमा आठ करोड सिटिस्क्यान मेशिन खरिदका लागि रकम छुट्याएको बताउनुभयो ।
कार्यक्रममा मुख्य मन्त्रीका राजनीतिक सल्लाहकार डिपी ढकालले भक्तपुर अस्पतालले अहिले काँचुली फेरेको चर्चा गर्दै अस्पतालले प्रवाह गरेको गुणस्तरीय सेवाका कारण विरामीको चाप तीनगुणा बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो अस्पताल म जन्मेको अस्पताल हो, यही मर्ने पनि हो, यो अस्पतालको भौतिक संरचनादेखि सेवा बिस्तारसम्मका लागि हामी लागिरहेका छौँ, तपतप पानी चुहिएर बिजोग अस्पताललाई आज यति राम्रो बनाउन हामीले बजेटको व्यबस्थापन गर्यौ, आज राम्रो भएको छ ।”
मुख्यमन्त्रीले समेत यो अस्पताललाई २०० शय्यामा पुर्याएर सेवा बिस्तार गर्न लागिरहेको बताउदै उहाँले सिटि स्कयान ल्याउन बजेटको व्यबस्थापन गर्न सफल भएको र सिटि स्क्यान मेशिन राख्ने भवन निर्माणका लागि रु. २ करोड बजेट व्यबस्थापन गर्न पनि आफू लागिरहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर अस्पताल र ख्वप अस्पताल दुबे सरकारी अस्पताल भएको र यी दुई अस्प्तालले एक वर्षमा चार लाख भन्दा बढी जनतालाई सेवा उपलब्ध गराएको बताउनुभयो । उहाँले निजी अस्पतालमा बिरामी लाने प्रबृत्ति रोकेर गुणस्तरीय र सहज सेवा उपलब्ध गराएर सबै नागरिक सरकारी अस्पतालमै सेवा लिन आउने वातावरण बनाउनु पर्नेमा जोड दिदै सरकारले सरकारी अस्पतालको सेवा बिस्तारका लागि लगानी गर्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा प्रदेशसभा सदस्यहरु सुरेश श्रेष्ठ, धनेश्वरी प्रजापति, भुवनेश्वरी श्रेष्ठले भक्तपुर अस्पतालले दिएको प्रचावकारी सेवालाई कायम राख्न प्रदेश सरकारले उचित बजेटको व्यबस्थापन गर्नु पर्ने र त्यसका लागि आफूहरु लागिरहेको बताउनुभयो । नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले अस्पताललाई पत्रकारहरुले नियालीरहेको बताउदै पछिल्ला समय अस्पतालको राम्रा समाचार लेखन पाएकोमा खुसी लागेको बताउनुभयो ।
कार्यक्रममा अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. सुमित्रा गौतमले कोभिडकालमा २०९ शैयामा सेवा सञ्चालन गरेको अस्पताल अहिले भवन अभावले शैया खुम्याउनु पर्ने अबस्थामा आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “२०५९ सालमा दैनिक ८० जना विरामीलाई सेवा दिन निर्धारण गरेको दरबन्दी र जनशक्तिबाटै अहिले दैनिक ८०० बिरामीलाई सेवा दिइरहेका छौँ, प्रभावकारी र गुणस्तरीय सेवा दिन सफल भएकै कारण पहिला प्रदेशकै उत्कष्ट अस्पताल र अहिले देशकै उत्कृष्ट अस्पताल घोषणा भएर पुरस्कार पाउन सफल भएका छौँ, सरकारले ओएनएम गरेर यो अस्पताललाई २०० शैयाका लागि आवश्यक स्थायी दरबन्दीको व्यबस्था गरेर लैजानु अतयावश्यक भइसकेको छ ।” भक्तपुर अस्पतालमा नयाँनयाँ सेवाहरु बिस्तार गर्दै गइरहेको बताउदै नयाँ भवन निर्माण र हस्तान्तरणमा ढिलाई हुँदा समस्या आइरहेको उहाँले बताउनुभयो ।
कार्यक्रमका सभापति एवं भक्तपुर अस्पताल बिकास समितिका अध्यक्ष रमण कायस्थले अध्यक्ष, मेडिकल सुपरिटेण्डेन्ट र कर्मचारीको मिहेनतले अस्पताललाई उत्कष्ट बनाउन सफल भएको बताउनु भयो ।
भक्तपुर अस्पताललाई विरामीले हेर्ने दृष्टिकोण परिवर्तन भएको, अस्पतालमा सेवा पर्याप्त पाउने भएपछि निजीमा उपचार गर्न छाडेर भक्तपुर अस्पतालमा उपचारको लागि आउनले अस्पतालबाट दिने सेवामा विरामीको विश्वास र सन्तुष्ट बढेर गएको पुष्टी हुने बताउनुभयो । अस्पतालले नयाँ सेवाहरु बिस्तार गर्दै गएको र अझै सेवाहरु थप्दै उपचारका लागि भक्तपुर अस्पताल छाडेर अन्यत्र भौतारिनु पर्ने अबस्था अब नआउने गरि व्यबस्थापन गरिने बताउनुभयो ।
४० पत्रकारलाई निःशुल्क होलबढी र ६०० बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण ;
त्यसैगरि अस्पतालको २० औ वार्षिकोत्सवको अवसरमा आज भक्तपुरका बिभिन्न सञ्चार माध्यममा कार्यरत यहाँका ४० जना पत्रकारको होलबढी स्वास्थ्य परीक्षण निःशुल्क गरिएको । नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको समन्वयमा पत्रकारको होडबढी स्वास्थय परीक्षण गरिएको हो ।
त्यस्तै वार्षिकोत्सवको अवसरमा आज भक्तपुर अस्पतालमा स्वास्थय परीक्षण गर्न आएको ५५० विरामीको निःशुल्क स्वास्थय परीक्षण गरिएको छ । अस्पतालकी मेसु डा. गौतमले पत्रकारको होलबढी स्वास्थय परीक्षण र अस्पतालमा स्वास्थयm परीक्षण गर्न आउने ५५० बिरामीको ओपिडीबाट हुने स्वास्थ्य परीक्षण निःशुल्क गरिएको बताउनु भयो ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।