हामीसँग जोडिनुहोस

तस्विरमा भक्तपुर अस्पतालको १२० औ वार्षिकोत्सव कार्यक्रम

5 मिनेट

भक्तपुर, २२ असार । भक्तपुर अस्पतालले आज आफ्नो १२० औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको आज वागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले उद्घाटन गर्नु भयो । भक्तपुर अस्पतालले धेरै राम्रो काम गरेकाले सबैतिर चर्चा पाएको र उत्कृष्ट अस्पताल बन्न सफल भएको सुन्न पाएकोमा खुसी लागेको बताउनु भयो । वार्षिकोत्सवमा बिभिन्न नेताहरु र अस्पतालका तर्फबाट आफ्ना शुभकामना मन्तव्यहरु प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा मन्त्री जोशीले भर्ना भएका बिरामीहरुलाई भेट गरि फलफूल वितरण गर्नु भयो । अस्पतालको सेवाकाबारेमा अस्पताल विकास समितिका अध्यक्ष रमण कायस्थ र अस्पतालको मेडिकल सुपरिटेण्डेन्ट डा. सुमित्रा गौतमले जानकारी गराउनु भयो । वार्षिकोत्सवकै अवसरमा पत्रकारहरुसँग अन्तरक्रिया गर्दै समितिका अध्यक्ष कायस्थ र मेसु, डा. गौतमले अस्पतालका विगत् र वर्तमान्को अबस्थाकाबारेमा जानकारी गराउदै भावी योजनाअरु प्रस्तुत गर्नु भएको थियो ।

वार्षिकोत्सवकै अवसरमा आज भक्तपुरमा कार्यरत पत्रकारहरुको निःशुल्क होलबढी परीक्षण गरिएको थियो । आज अस्पताल आएका सबै बिरामीको आकस्मिक कक्ष र आृपिडि सेवा निःशुल्क गरिएको थियो । अस्पतालको वार्षिाकोत्सवको तस्विरका झलकहरु यस प्रकार छ ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।