भक्तपुर, २३ असार । भक्तपुरका एनप्याव्सनसँग आवद्धता भएका विद्यालयहरुबाट एसईई उतीर्ण गरेका विद्यार्थीहरुलाई कक्षा ११ मा अध्ययन गर्नका लागि हिसानले ५० प्रतिशत छात्रबृत्ति दिने भएको छ ।
आज जिल्ला एनप्याब्सन भक्तपुर र हिसान भक्तपुरको छात्रबृत्ति योजना सार्वजनिकीकरण तथा पत्रकार भेटघाट–२०८० कार्यक्रममा हिसानका अध्यक्ष अनिल कसपाल र एनप्याब्सन भक्तपुुका अध्यक्ष सञ्जय खड्काबीच सम्झौता पत्रमा हस्ताक्षर गर्दै छात्रबृृत्ति दिने घोषणा गरेका हुन् ।
दुई संस्थाबीच भएको सम्झौतामा एनप्याव्सनमा आबद्धता रहेका सदस्य विद्यालयहरुबाट एसईई उतीर्ण भएका सबै विद्यार्थीलाई हिसान भक्तपुरमा आबद्धता रहेका १२ वटा विद्यालय तथा कलेजमा भर्ना हुँदा वार्षिक शुल्कमा ५० प्रतिशत छात्रबृत्ति दिने घोषणा गरि चार बुदेँ सम्झौता गरिएको हो ।
सम्झौतामा एनप्याबसनमा आवद्धता रहेका विद्यालयका प्रिन्सिपलको सिफारिस, विद्यार्थीको प्राप्त ग्रेड, प्रवेश परीक्षाको नतिजाको आधारमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुलाई हिसान सदस्य विद्यालय एवं कलेजहरुले ५० प्रतिशत छात्रबृत्ति बाहेक शुल्कमा थप छुट तथा सहुलियत दिने सम्झौता गरिएको छ ।
त्यस्तै दुई संस्थाले अध्ययनरत विद्यार्थीको व्यक्तित्व विकास, अध्यापनरत शिक्षकहरुको सीप अभिवृद्धि तथा समग्र शैक्षिक गुणस्तर अभिबृद्धि हुने शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्न सहकार्य गर्दै जाने सम्झौता भएको छ । त्यस्तै भक्तपुरका विद्यार्थीलाई भक्तपुरमा नै कक्षा ११ र १२ पढने वातावरण बनाउन निर्माण गर्न तथा उच्च शिक्षा अध्ययनका लागि संयुक्त रुपमा कार्यक्रम गर्दै जाने सम्झौता भएको छ ।
कार्यक्रममा हिसान भक्तपुरका अध्यक्ष अनिल कसपालले भक्तपुरका विद्यार्थीलाई भक्तपुरमै अध्ययनको वातावरण वनाउन प्याव्सन र एनप्याव्सनसंग ५० प्रतिशत छात्रबृत्ति प्रदान गर्नेबारेमा सम्झौता भएको र इसानसँग पनि सम्झौता गरिने बताउनु भयो । त्यस बाहेरक राज्यले तोकेको १० प्रतिशत छात्रबृत्ति पनि उपलबध गराउने उहाँको भनाइ थियो ।
भक्तपुरका विद्यालयहरुले प्ले ग्रुपदेखि कक्षा १० को पहिलाको एसएलसीमा पनि भक्तपुरका विद्यालयहरु बोर्ड फस्ट र बोर्ड टपटेनमा पर्दै आएको र अहिले पनि एसईईमा चार जिपिएदेखि उत्कृष्ट नतिजा ल्याउन सफल भएको भन्दै यहाँका स्नातक तह र स्नातकोत्तर तहमा अध्यापन गराउने कलेजलेसमेत गोल्ड मेडल ल्याउने गरि उत्कृष्ट नतिजा ल्याएको बताउनुभयो ।
भक्तपुर कुनै दृष्टिकोणबाट पनि राजधानीका नाम चलेका ठूला कलेज एवं विद्यालयको भन्दा शैक्षिक गुणस्तरमा कमी नभएको भन्दै उहाँले यसो हुदाहुदै पनि भक्तपुरबाट एसईई भक्तपुरका विद्यालयबाट दिएपनि उच्च शिक्षाका लागि भने काठमाडौं र ललितपुरका विद्यालय रोज्नु भक्तपुरका लागि दूर्भाग्य भएको बताउनुभयो ।
उहाँले भक्तपुरका विद्यार्थी काठमाडौं जादा जाममा समयको बर्वादी, शुल्क बृद्धि लगायतका समस्या भएपनि भक्तपुर बाहिर जाने प्रबृत्ति रोक्न यहाँका कलेजमा विद्यार्थी र अभिभावकले एक पटक अवलोकन गर्नै पर्ने बताउनुभयो । भक्तपुरलाई शैक्षिक गन्तव्य बनाउने सबैको लक्ष्य पुरा गर्ने अभियान छात्रबृत्तिबाटै सुरु भएको भन्दै उहाँले भक्तपुर साँस्कृतिक सम्पदाको शहर मात्रै नभई उत्कष्ट शैक्षिक गन्तव्यको शहर पनि हो भनेर परिचित गर्नु आवश्यक रहेको भनाइ थियो ।
कार्यक्रममा एनप्याब्सनका अध्यक्ष सञ्जय खड्काले हिसानसँग भएको ५० प्रतिशत छात्रबृत्तिको सम्झौताले हरेक वर्ष निरन्तरता पाउनु पर्ने बताउदै विद्यार्थी काठमाडौं, ललितपुरतर्फ किा आकर्षित हुन्छन् भनेर यहाँका कलेजहरुले खोज्नु पर्नेमा जोड दिनुभयो । भक्तपुरमा एनप्याब्सनमा आबद्धता रहेका २७ वटा विद्यालयका विद्यार्थी अभिभावकलाई भक्तपुरका कलेज रोज्न अभिप्ररित गर्ने बताउदै उहाँले यहाँका उच्च शिक्षा अध्यापन गराउने विद्यालय एवं कलेजले प्रबिधिमैत्री शिक्षा, नविनतम सुविधा, पढाईसँगै अतिरिक्त क्रियाकलाप गर्दै जानु पर्ने औल्याउनुभयो । उहाँले ११ र १२ कक्षा पढिरहेका विद्यार्थीहरुलाई सन्तुष्टी दिन सके नयाँ विद्यार्थी उनीहरुबाटै आकर्षित हुने उहाँको भनाइ थियो ।
उहाँले भक्तपुरलाई उत्कृष्ट शैक्षिक गन्तव्यको रुपमा विकास गर्न एक आपसमा स्वस्थ प्रतिष्पर्धा हुनुपर्ने बताउदै उहाँले शिक्षामा स्वस्थ प्रतिष्पर्धा र एक आपसमा सहयोगी भावनाको विकास हुनुपर्ने, एनप्याब्सन र हिसानबीच समन्वय हुनुपर्ने बताउनुभयो ।
एनव्याब्सनका केन्द्रीय सहकोषाध्यक्ष बिक्रम धुकुछुले भक्तपुरमै उत्कृष्ट शैक्षिक गन्तव्य छ भने किन अनन्त्र खोज्नु भन्ने कुरा बुझाउनु आवश्यक रहेको औल्याउनुभयो ।
हिसानका सदस्य एवं प्याब्सन मध्यपुरका अध्यक्ष निलेश आचार्यले भक्तपुरका कलेजहरु सुन्धुपाल्चोक, रामेछाप, काभ्रेपलाञ्चोकका विद्यार्थीमात्रै नभई भक्तपुरका विद्यार्थीहरुले पनि अध्ययन गर्ने गरि ग्रासरुटदेखिनै यहाँका कलेज राम्रा छन् भनेर प्रचार गर्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले भक्तपुरबाट एसईई उतीर्ण भएका १५ प्रतिशत विद्यार्थी पनि भक्तपुरमा उच्च शिक्षा अध्ययन नगर्ने गरेको बताउदै शैक्षिक क्षेत्रमा नेपालकै उत्कृष्ट विद्यालय, कलेजहरु भक्तपुरमा छन् भन्ने यथाथइ अभिभवाक र विद्यार्थीलाई कक्षा ८ देखि १० सम्ममा बुझाउनु पर्ने आवश्यकता देखिएको बताउनुभयो । हिानले दिने छात्रबृत्ति संस्थागत गर्ने गरि अगाडि बढ्ने र थप छात्रबृत्ति पनि विद्यार्थीलाई उपलब्ध गराउने उहाँले बताउनुभयो ।
कार्यक्रममा हिसानका सचिव दिनेश पाण्डेले दुई संस्थाबीच भएको सम्झौता अनुसार भक्तपुरका हिसानमा आवद्धता रहेका मोर्डन कलेज सल्लाघारी, जनप्रेमी वल्र्ड स्कूल कौशल्टार, सिबर्ड कलेज मध्यपुरथिमि, एसएस कलेज मध्यपुरथिमि, सुप्रिम एकेडेमी कमेरोटार मध्यपुरथिमि, विनायक शिक्षा निकेतन मध्यपुरथिमि, सूर्यदीप इङ्लिस सेकेण्डरी स्कूल सल्लाघारी, एरुडाइट ऐकेडेमी सेकेण्डरी स्कुल लोकन्थली, काठमाडौं वल्र्ड स्कुल गुण्डु, भक्तपुर इङ्लिस सेकेण्डरी स्कुल ठिमी, अक्सफोर्ड प्राक्टिकल सेकेण्डरी स्कुल सल्लाघारी, भक्तपुर निष्ट लोकनथली भक्तपुरमा रहेका विद्यालयहरुले ५० प्रतिशत छुटसहित अतिरिक्त छात्रबृत्ति प्रदान गर्ने बताउनुभयो ।