भक्तपुर। ओम सृजनशिल समाजको आयोजना तथा नेप्सेम्याक सेवा प्रालिको सहयोगमा शनिवार सूर्यविनायक नगरपालिका वडा नं.४ हर्षचोकमा जनचेतनामुलक सरसफाई तथा कम्पोष्ट मल वितरण गरिएको छ। समुदायमा आधारित जनचेतनामुलक सरसफाई कार्यक्रमको आयोजना गर्ने क्रममा हो । आफ्नो टोल, बस्ती र समाज सफा राख्ने सन्देश प्रवाह गर्ने उदेश्यले आयाृजित कार्यक्रममा मल समेत वितरण गरिएको ओम सृजनशिल समाजका अध्यक्ष अर्जुन केसीले जानकारी दिनुभयो ।
कार्यक्रममा नेप्सेम्याकले १५० सदस्यलाई पाँच किलोको दरले कम्पोष्ट मल वितरण गरेको थियो । नेप्सेम्याक सेवा प्रालिका अध्यक्ष टिका प्रसाद दहालले कुहिने र नहुहिने फोहोर छुट्याएर राख्ने प्रत्येक सदस्यहरुलाई निशुल्क पाँच केजीको कम्पोष्ट मल वितरण गर्ने कार्यक्रम अन्तर्गत सो मल निशुल्क रुपमा बितरण गरिएको होबताउनु भयो । काठमाडौं उपत्यकामा दैनिक १५ सय टन फोहोर निस्कने जानकारी दिँदै नेप्सेम्याकका अध्यक्ष दाहालले उपत्यकामा करिव ८० प्रतिशत फोहोर व्यवस्थापन नीजि क्षेत्रले गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा सुर्यविनायक नगरपालिका वडा नं.४ का वडाध्यक्ष लक्षुराम न्यौपानेले यस क्षेत्रमा सक्रीय ओम सृजनसिल समाजले आफ्नो क्षेत्रमा अन्य गतीविधिसंगै सरसफाईको क्षेत्रमा समेत उल्लेख्य योगदान पुुर्याएको भन्दै सडक, टोल बस्तीमा थप चेतना फैलाएर नमुना टोल बनाउँन वडा र नगरपालिकाले साथ दिने बताउनु भयो।
नकुहिने फोहोर छुट्याएर बाहिर पठाएपनि कुहिने फोहोरलाई घरमै कम्पोष्ट मल बनाई कृषि उत्पादन बढाउँन प्रयोग गर्नुपर्नेमा जोड दिदै न्यौपानेले फोहोरलाई मोहरका रुपमा रुपान्तरण गर्न सकिने सुुझाए । कौसी खेती, करेसावारीलगायतका कृषीजन्य उत्पादनमा आफैले फोहोरबाट उत्पादन गरेको मल प्रयोग गर्नुपर्नेमा जोड दिदै न्यौपानेले फोहोर व्यवस्थापनमा वडा कार्यालय नीजि क्षेत्रसँग जस्तोसुकै सहकार्य गर्न तयार रहेको बताउनु भयो ।
यस क्षेत्रका टोलमा आठ सय परिवारमा १७ सय ९५ जना किचनमा फोहोर वर्गिकरणका कार्यहरु भइरहेको बताउँदै संस्थाका सञ्चालक गोविन्द आचार्यले सदस्यका घरबाट नै कुहिने र नकुहिने फोहोरको वर्गिकरण गरी आफै मल उत्पादन गरेमा नेप्सेम्याकमा आवद्ध सदस्यलाई २५ प्रतिशत छुटको व्यवस्था गर्ने बताए । समाजका सदस्यहरुलाई फोहोरबाट कम्पोट मल बनाउने तालिमको व्यवस्था गर्ने आचार्यको भनाई थियो ।
‘सफा सहर, सभ्य नागरिक र स्वस्थ समाज’ भन्ने मुल नाराका साथ आयोजना गरिएको कार्यक्रममा फोहोरको दिगो व्यवस्थापनमा जोड दिइएको थियो । समाजकी कोषाध्यक्ष भगवती सिवाकोटीका अनुसार, सो कार्यक्रम अन्तर्गत हर्षचोकदेखी दक्षिणबाराही मन्दिर हुँदै ओम सृजनशिल समाजभित्रका भागमा सरसफाई समेत गरिएको थियो । सरसफाईका क्रममा जनचेतनामूलक कार्य तथा सन्देशहरु दिइएको थियो ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजका उपाध्यक्ष बिष्णु थापा, सचिव युवराज निरौला सदस्य लव कुमार खड्का, मोति शंकर दहाल, दिलकुमारी खड्का निरौला, चन्द्र बहादुर भण्डारी, सुनिता खतिवडा, सुसिला खड्का, जनक लम्साल तथा सल्लाहकार, नेप्सेम्याकका व्यवस्थापक लगायतका कर्मचारी तथा स्थानीयवासीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।