हामीसँग जोडिनुहोस

राप्रपाका शीर्ष नेताहरुद्धारा पार्टीका संस्थापक अध्यक्ष चन्दसँग भेटवार्ता,पार्टी सशक्त बनाउने विषयमा छलफल

0 मिनेट

असार २९, काठमाडौँ ।

राप्रपाका शीर्ष नेताहरुले सो पार्टीका संस्थापक अध्यक्ष एवं पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दसँग भेटवार्ता गरेका छन् ।

चन्द निवास लोकन्थलीमा शुक्रबार भएको भेटवार्तामा राप्रपा निर्देशन समितिका अध्यक्ष डा। प्रकाशचन्द्र लोहनी, राप्रपा वरिष्ठ नेता एवं अनुशासन समितिका अध्यक्ष नवराज सुवेदी, राप्रपा वरिष्ठ नेता हरिबहादुर बस्नेतलगायतका नेता सहभागी थिए ।नेताहरुबीच राप्रपालाई जनतामाझ मजबुत रुपमा स्थापित गराउँदै सशक्त ढंगले अगाडि बढाउनेबारे छलफल भएको राप्रपाका केन्द्रीय सदस्य जनराज पाठकले जानकारी दिए । नेता चन्द राप्रपामै रहेपनि पछिल्लो समय सक्रिय छैनन् ।

 

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।