हामीसँग जोडिनुहोस

काठमाडौं महानगरपालिकाले अनामनगरमा रहेको भद्रकुमारी घले सेवा सदनको संरचना भत्कायो

1 मिनेट

काठमाडौं,साउन ३।

काठमाडौं महानगरपालिकाले अनामनगरमा रहेको भद्रकुमारी घले सेवा सदनको संरचना भत्काएको छ।

सार्वजनिक जग्गा अतिक्रमण गरी सदन संचालन गरेको भन्दै महानगर प्रहरीले डोजर लगाएको हो। तीन दिन भित्र भवन खाली गर्न अल्टिमेटम दिए पनि खाली नगरेपछि डोजर चलाउनुपरेको महानगरले जनाएको छ।

भवनमा आश्रम संचालन भइरहेको र त्यहाँ असहाय तथा अशक्त वृद्धवृद्धा बस्दै आएका थिए।

महानगरपालिकाले भने सार्वजनिक जग्गामा बनाइएको भवन भत्काउनु कानुनी राज्यको कर्तव्य भएकाले भत्काउने काम गरिएको जनाएको छ । महानगरपालिकाका नगर प्रहरी बल प्रमुख राजुनाथ पाण्डेले अनधिकृतरूपमा बनेका संरचना भत्काउनुपरेको बताउनु भयो । उहाँले भवनमा आश्रय लिइरहेका अनाथ, अशक्त बालबालिका तथा ज्येष्ठ नागरिकको महानगरले आश्रयको व्यवस्था गर्ने आश्वासन दिनुभयो ।

यसैबीच विभिन्न सामाजिक सङ्घसंस्थाहरूले भने समाजसेवाको क्षेत्रमा समर्पित सदन भत्काउने काम गरेको भन्दै महानगरको विरोध गरेका छन् ।

 

 

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।